बिहीबार, वैशाख १३, २०८१

नेपाल र जापानबीच श्रम सम्झौतामा हस्ताक्षर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - नेपाल र जापानबीच नेपाली कामदार लाने विषयमा आज श्रमिक आपूर्ति सम्बन्धी सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर भएको छ। ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जापान नेपालका लागि आकर्षक गन्तव्य मुलुक भएको र रोजगार लागि जापान जाने नोपलीको चाहना पुरा हुने भएको बताए। उनले जापानसँगको यस सम्झौतालाई सुखद क्षण भएको बताए। उनले यसका लागि जापान सरकारलाई धन्यवाद व्यक्त गरे।

जापानले कृषि, मत्स्यपालन, औद्योगिक, होटल, रेष्टुरेन्ट, पर्यटन लगायत १४ क्षेत्रमा नौ देशका श्रमिक लैजाने नीति अनुसार नेपालसँग श्रम सम्झौता गरेको हो। जापानले आगामी पाँच बर्षमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । तिमध्ये नेपाली कामदार कति हुने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको छ । आगामी अप्रिल महिनादेखि नै कामदार छनोट गर्ने प्रक्रिया सुरु हुने बताइएको छ। जापान लैजानुअघि दक्ष तथा अर्धदक्ष कामदारको जापानी भाषा र सीप परीक्षण गरिने भएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।