शुक्रबार, वैशाख १४, २०८१

खेल सकिएको एक हप्तासम्म रंगशालाबाट उठेन फोहोर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- तीन करोड बजेट खर्च गरेर प्रथम आमन्त्रित मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता सकिएको एक हप्ता सम्म पनि फोहोर नउठेपछि धनगढी रंगशाला कुरुप बनेको छ । 

सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले आयोजना गरेको प्रगियोगिता सकिए पनि प्रतियोगिता संचालनताका भएको फोहोर अहिले सम्म उठ्न सकेको छैन । रंगशालाको जताततै फोहोर छर्पस्ट हुदा नियमित अभ्यास गर्ने खेलाडीलाई समस्या भएको छ । 

सामाजिक बिकास मन्त्रालयले रंगशालाको चारैतिर टासेका सन्देशमुलक होडिङबोडहरु च्यातिएर खेल मैदान र प्याराफिटमै खसेका छन् । यत्रतत्र रहेका होडिङबोड हावाले उडाएर दौडिने प्याराफिटमै खसेकाले नियमित अभ्यास गर्न असजिलो भएको एक खेलाडीले बताए । नास्ता खाएका प्याकेट देखि पानीका बोतल रंगशाला यत्रतत्र छरिएका छन् । 

कुनै क्लवले प्रतियोगिता आयोजना गर्दा प्रतियोगिता सकियो भोली पल्टनै रंगशाला सफा हुने तर प्रदेश सरकारले आयोजना गर्दा एक हप्ता सम्म पनि सफा नहुनु दुख भएको स्थानीय मदन भट्टले बताए । आयोजकका नजिकका मान्छेलाई पैसा कमाउने तर्फ मात्र ध्यान गएकोले रंगशालाको सरसफाईमा कसैले ध्यान नदिएको उनको भनाई छ । 



मन्त्रालयले लाखौ खर्च गरेर बनाएका होडिङबोडहरु च्यातिएर लथालिंग अवस्थामा छन् । कैलाली जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक बहादुर सिंहले आयोजक जो हो रंगशाला सरसफाइको जिम्मा पनि उसैको हुने बताए । 

अरु आयोजक भयो भने सरसफाई देखि संरचना बिग्रे भत्केको सबै जिम्मा आयोजककै हुने सम्झौता गर्छौ, सिंहले भने– प्रदेश सरकार नै आयोजक भएकाले सम्झौता गर्ने कुरा भएन तर सरसफाई आयोजकले नै गर्नुपर्ने हो । प्रतियोगिताको तयारी देखिनै सरकारले सबै कुरामा एक्लौटी रुपमा गरेकाले ब्याबस्थापन निकै कम्जोर रहेको आरोप लागिरहदा एक हप्ता सम्म फोहोर नउठ्नुले पनि त्यो कुराको पुष्टि गरेको खेल क्षेत्रका एक सरोकारवालाले बताए । 

सामाजिक बिकास मन्त्रालयका सचिव गोगन बहादुर हमालले आफुले प्रतियोगिता सकिएको भोली पल्ट नै कर्मचारीलाई रंगशालाको सरसफाई गर्न र होडिङबोड मन्त्रालयमा ल्याउन निर्देशन दिएको बताए । 'ओ हो !  अहिलेसम्म रंगशाला सरसफाई गर्ने र होडिङबोड उठाउने काम भएको छैन र ?' सचिव हमालले भने ।

आफू कामको शिलशिलामा लगत्तै काठमाडौं आएकाले त्यस बारेमा थाहा नभएको उनले बताए । होडिङबोड मन्त्रालयको घेराबारमा झुण्ड्याउने योजना थियो उनले भने- 'किन नउठाको रैछन आजै बुझ्छु ।' फागुन २९ देखि चैत ३ गतेसम्म चलेको प्रतियोगिता बिबादै बिबादका बीचमा सकिएको छ । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।