शुक्रबार, वैशाख १४, २०८१

कतारविरुद्ध यस्ताे छ नेपालको सुरुआती ११

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तर्गत समूह ए को दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने अवस्थामा छ। 

कतारसँगको खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती ११ खेलाडीको छनोट गरेका छन्। नेपाल र कतारबीचको खेल दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ। 

एसियन च्याम्पियन टोली कतारविरुद्धको खेलमा गोलरक्षक अर्पण कार्की, डिफेन्डरहरु सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ, डिफन्सिभ मिडफिल्डमा तेज तामाङ, मिडफल्डमा गौरव बुढाथोकी, नितिन थापा, अन्जन विष्ट र सुनील बल तथा स्ट्राइकरमा बिमल घर्तीमगर टिममा परेका छन्। नितिनबाहेक ओमानबिरुद्धको खेलमा सबै खेलाडी सुरुआती ११ मा थिए।

ओमानसँगको खेलमा दोस्रो मिनेटमै खराव ट्याकलको शिकार भएका मिडफिल्डर हेमन्त थापामगर आजको खेल खेल्न सक्ने छैनन्। उनले बाँकी खेल गुमाउने टोलीका चिकित्सक राजु डंगोलले जानकारी दिए। ओमानविरुद्ध हेमन्तलाई नितिनले प्रतिस्थापन गरेका थिए। नेपालले ४–१–४–१ को फर्मेसनमा टिम मैदानमा उतार्नेछ।

फिफा वरियातामा १ सय ६१ औं स्थानमा रहेको नेपालका आफूभन्दा ९४ स्थान अर्थात ५५ औं स्थानमा रहेको कतारबिरुद्ध खेल्दैछ। को खेल अवश्य पनि कठिन हुनेछ। एसियन च्याम्पियनविरुद्धको खेल कठिन हुने भए पनि रक्षात्मक रणनीति लिने र काउन्टर एट्याक तथा सेट पिसेस गोलका अवसरमा ध्यान दिने प्रशिक्षक महर्जनले बताए। वान टू वान मार्क गरेर खेल्न सकिए सहज हुने प्रशिक्षकको भनाइ थियो।

कतार नेपालका लागि नयाँ प्रतिद्वन्दी पनि हो। नेपालको यस उमेर समूहको टोलीले अहिलेसम्म कतारको सामना गरेको छैन। पहिलो खेलमा शुक्रबारै अफगानिस्तानलाई २–० गोलअन्तरले पराजित कतारको मनोबल उच्च  छ।

प्रतियोगिता सुरु हुनुअघिको पत्रकार सम्मेलनमा कतार टोलीका मुख्य प्रशिक्षक अल्वर्टो फर्नान्डेजले आफूहरु थाइल्याण्डमा अर्कोवर्षको सुरुमै हुने प्रतियोगिता खेल्न आतूर रहेको बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।