काठमाडाैं - सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई कुनै पनि प्रकारको सहयोग नगर्न आग्रह गरेको छ। सरकारले विप्लव समूहलाई आपराधिक समूह घोषणा गर्दै उसका गतिबिधिमा प्रतिबन्ध लगाइसकेको अवस्थामा उक्त समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई कारबाही गरिने चेतावनी गृह मन्त्रालयले दिएको छ।
गृहका प्रवक्ता रामकृष्ण सुवेदीलदे आइतकबार विज्ञप्ति जारी गर्दै उक्त समूहलाई सहयोग नगर्न तथा डर, धम्की र प्रलोभनमासमेत नपर्न आग्रह गरेको छ। यदी कसैबाट जबरजस्ती आर्थिक सहयोग माग्ने, धम्की दिने कार्य भएमा त्यस्तो सूचना तत्काल प्रहरीलाई गराउनसमेत गृहले अनुरोध गरेको छ।