मंगलबार, वैशाख ११, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज चैत ०९ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

'समय आए पार्टी नेतृत्व लिन तयार छु'

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु पार्टी नेतृत्व लिन तयार रहेको बताएका छन्। नेपाल प्रेस युनियन सिन्धुलीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले समय आए आफु नेतृत्व लिन तयार रहेको बताएका हुन्। उनले भने, 'मैले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको छु। समय आए नेतृत्व लिनसमेत तयार छु।'

आर्थिक अपराधविरुद्ध सरकार सक्रिय, नौ महीनामा २२६ लाई मुद्दा

सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारको प्रतिबद्धता पूरा गर्न केही कार्यालय आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएका छन्। अर्थ मन्त्रालयअन्तर्गत रहेका राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत कार्यसम्पादन गर्न थालेपछि आर्थिक अनियमितता नियन्त्रणमा आफूलाई केन्द्रित गरेको छ। 

गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिएका छन्।

एसएसबीको दादागिरी, नेपालीलाई आफ्नै भूमिमा घर निर्माणमा रोक

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ। 

अर्चलेडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण

तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ। उक्त ठाउँमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाको सक्रियतामा प्याराग्लाइडिङको उडान गरिएको हो। 

'माथिल्लो तामाकोसी आयोजना मंसिरभित्र सम्पन्‍न हुन्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन्।

एसइई परीक्षाको तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ।

घुम्टोबाट बाहिरिएको ‘मिथिला पेन्टिङ’

मधुमाला मण्डल अहिले दिनभर मिथिला चित्रकला बनाउन व्यस्त हुन्छिन्। जनकपुरधाम–१२ कुवाकी मधुमाला उनको घर नजिकै रहेको नारी विकास केन्द्र पुगेर हरेक दिन मिथिला चित्रहरुमा रंङ भरिरेहकी हुन्छिन्।

पिकअप भ्यान र माेटरसाइकल ठाेक्कीदा एककाे मृत्यु

दाङमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।

'चितवनमा छैन बर्डफ्लु' 

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ। देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको छ।

मानव वधशालाको त्यो दृश्य  

आजभन्दा सात वर्षपहिले १२ सेप्टेम्बर पहिलो साता कम्बोडिया जाने अवसर मिल्यो एक साताका लागि। राजधानी नोनपेनको कार्यक्रम तालिका निकै व्यस्त थियो। तर जति नै व्यस्त भए पनि कम्बोडियामा ‘मानव वधशाला’ नहेर्नु असम्भव थियो। पोलपोट शासनकालमा (सन् १९७५–१९७९) मारिएका लाखौँ नागरिकबारे पहिले पनि सुनिएकै हो। विश्वका कुख्यात जेनोसाइडहरू।

कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

स्वास्थ्यमा गडबडी भएपछि शुक्रबार साँझ अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको स्वास्थ्यमा सुधार भएको छ। धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो। अहिले क्रमिक रुपमा उनको स्वास्थ्यमा सुधार आएको अस्पताल श्रोतले जानकारी दिएको छ। उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

जवानीका लागि जुम्बा

जुम्बामा यसरी जम्ने सपना सुरुमा प्रमिला श्रेष्ठको थिएन। जुम्बामा जाँदाजाँदा उनलाई पनि एउटा जुम्बा सेन्टर खोल्ने रहर लाग्यो। रहरै रहरमा जुम्बा सेन्टर खोलेकी प्रमिलाको जीवन नै अब जुम्बा भइदिएको छ। जुम्बाले उनको जीवनलाई रंगिन बनाइदिएको छ, व्यवसायिक रुपमा पनि उनी खुसी नै छन्।

विप्लवप्रति कडा बन्दै सरकार, कार्यकर्ता पक्राउ गर्न मध्यरातिनै पुग्छ प्रहरी 

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएपछि उसका नेता तथा कार्यकर्ता पक्राउ गर्ने अभियानलाई प्रहरीले व्यापक बनाएको छ।

एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा नेपालकाे हार

एएफसी यू–२३ च्याम्पियनसिपको पहिलो छनोट खेलमा नेपाल ओमानसँग १–० गोल अन्तरले पराजित भएको छ। कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा भएकाे खेलमा नेपाल ओमानसँग पराजित भएकाे हाे

हत्या आरोपमा दुई पक्राउ

चैत २ गते कैलालीको गोदावरीमा मृत भेटिएका बैतडीका हर्क भण्डारीको हत्यामा संलग्नको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुन्टु भाट र गोविन्द आउजी रहेका छन्।

प्रमोदले ल्याए ‘तिम्रो कल्पनामा’

चर्चित गाएक प्रमोद खरेलको ‘तिम्रो कल्पनामा’ बोलको गीत बजारमा ल्याएका छन्। म्यूजिक नेपालको युटुब च्यानल मार्फत उनले यो गीत बजारमा ल्याएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।