शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • 'एमालेलाई सिद्ध्याइयो' भनेर माधव नेपालले पार्टी र सरकारबाट राजीनामा गरेका थिए : केपी ‌ओली

'एमालेलाई सिद्ध्याइयो' भनेर माधव नेपालले पार्टी र सरकारबाट राजीनामा गरेका थिए : केपी ‌ओली

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गरी माधव कुमार नेपाल पक्षले नयाँ पार्टी गठन गरेपनि एमालेलाई कुनै फरक नपर्ने दाबी गरेका छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गरी माधव कुमार नेपाल पक्षले नयाँ पार्टी गठन गरेपनि एमालेलाई कुनै फरक नपर्ने दाबी गरेका छन्। बिहीबार न्युज एजेन्सीसँग अन्तर्वार्ताका क्रममा अध्यक्ष ओलीले माधव नेपाल एमाले सिद्धाउन पहिल्यैदेखि लागिपरेको समेत दाबी गरेका छन्।

triton college

'एमाले दुई वटा प्रदेशमा एक्लै बहुमतमा छ। कहीँ पनि एमालेको बहुमत नहोस् र खत्तम पारौँ भनेर माधव नेपालको प्रयास हुनेछ,' उनले भने, 'यो आजदेखि मात्र होइन। विगतदेखि नै थियो। नेपालले आफू पदमा बसेर वा नबसेर पनि एमालेलाई कमजोर पार्ने कर्तव्य पूरा गरिरहेका थिए।'

'प्रत्यक्ष निर्वाचनका २४० मध्ये ३३ सिटमा झारेर अब चाहिँ एमालेलाई सिद्ध्याइयो भनेर राजीनामा गर्‍या होइन माधव नेपालले?' उनको प्रश्न थियो। 'त्यसबेला नेपाल पार्टीको टुप्पामा बसेर पार्टीलाई धराशायी पार्नु भएको थियो। उहाँले सरकारको टुप्पामा बसेर पनि पार्टीलाई धराशायी पार्नु भएको थियो,' उनले थपे, 'अहिले पार्टी र सरकारमा नबसेर पनि उहाँले एमालेलाई धराशायी बनाउनु भयो।'

एमालेलाई अलोकप्रिय बनाइसकियो भनेर नेपालले प्रधानमन्त्री भएका राजीनामा दिएको समेत उनको आरोप छ। 'उहाँ प्रधानमन्त्री भएका बेला हामी सबैले सरकारालाई समर्थन गरिरहेका थियौँ। कांग्रेसले पनि समर्थन गरिरहेको थियो। तर उहाँले हामी कसैलाई पनि थाहै नदिई राजीनामा दिनुभएको थियो,' ओलीले भने, 'एमालेलाई अलोकप्रिय बनाइसकियो भनेर उहाँले राजीनामा दिएको होइन?'  

प्रकाशित: Aug 19, 2021| 16:43 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...