बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोनाकालमा भान्साको भाउ : दाल र खानेतेल अचाक्ली महँगो

कोरोनाकालमा भान्साको भाउ : दाल र खानेतेल अचाक्ली महँगो

कोरोनाकालमा भान्सामा प्रयोग गरिने अधिकांश वस्तुको मूल्य बढेको छ। खुद्रा व्यापार संघका अनुसार सबैभन्दा बढी मूल्यवृद्धि खाने तेल र दालमा भएको छ।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काठमाडौं– भान्सामा नियमित खपत हुने वस्तु हुन् दाल, चामल, तेल, तरकारी, मसला आदि। भान्सामा नभई नहुने वस्तु पनि हुन् यी। हुनेखानेलाई त समस्या नहोला, हुँदा खानेले पनि चुलो बाल्न यस्ता अत्यावश्यक वस्तुको जोहो गर्नैपर्छ। 

triton college

त्यसो त खाद्यवस्तुमा हुने मूल्यवृद्धि नेपाली उपभोक्ताका लागि नौलो होइन। यसको मारमा सधैं पर्दै आएका छन् उपभोक्ता। त्यसमा पनि कोरोना भाइरसको महामारीका कारण बजारमा उपभोग्य वस्तुको अचाक्ली महँगो हुन पुग्यो। महामारीका कारण सरकारले लगाएको लकडाउनका कारण आम्दानी घटेका र आउने बाटो नै बन्द भएका उपभोक्ताका लागि महँगी टाउको दुखाइ बनेको छ।  

विभिन्न किसिमका दालको मूल्य औसतमा ३४ प्रतिशतले बढेको छ। संघका अनुसार मासको दालको मूल्य १३० बाट १६० रुपैयाँ प्रतिकेजी पुगेको छ। मुंग दाल १३० रुपैयाँबाट १६५ रुपैयाँ पुगेको छ। मुसुरो र रहरको दालमा क्रमशः ४० र ६० रुपैयाँले मूल्य बढेको छ।

चारवटै दालको औसत मूल्य १२० रुपैयाँ प्रतिकेजी रहेकोमा बढेर १६१ रुपैयाँ पुगेको देखिन्छ। 

कोरोनाकालमै खानेतेलको मूल्य पनि अत्यधिक वृद्धि भएको छ। भुटेको तोरीको तेलको मूल्य २२० रुपैयाँ प्रतिलिटर रहेकोमा ३२० रुपैयाँ पुगेको छ। भटमास तेलको मूल्य प्रतिलिटर ११५ रुपैयाँबाट बढेर २२० रुपैयाँ र सनफ्लावर १२५ बाट २३० रुपैयाँ पुगेको छ। तीन वटै खानेतेलको औसत मूल्य यसअघि प्रतिलिटर १५३ रुपैयाँ रहेकोमा २५६ रुपैयाँ पुगेको देखिन्छ। कोरोना महामारी बीचमै खानेतेलको मूल्य औसत १०३ रुपैयाँले बढेको छ। खानेतेलमा भएको उक्त मूल्यवृद्धि करिब ६८ प्रतिशत हो।

corrent noodles
Metro Mart

खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्य थोक विक्रेताबाटै मूल्य बढेर आएकाले उपभोक्ता मूल्य बढेको बताउँछन्। ‘आयातकर्ताले मूल स्रोतमै मूल्य बढेको बताइरहेका छन्। माग अनुसार आपूर्ति पनि नभएका कारण मूल्य वृद्धिमा थप बल पुगेको छ,’ उनले भने।

कालीमाटी फलफूल तथा तकारी बजार विकास समितिका अनुसार तरकारीको मूल्यमा भने गिरावट आएको छ। गत साउन २ गते र भदौ २ गतेको तुलनात्मक मूल्यअनुसार अधिकांश मौसमी तरकारीको मूल्यमा सामान्य गिरावट आएको समितिको भनाइ छ।

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्