शनिबार, वैशाख ८, २०८१

हाम्रो जितको मुख्य आधार गोर्खाली पन : प्रशिक्षक खड्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
विराटनगर- नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्ने मुख्य आधार गोर्खाली पन भएको बताएका छन् । उनले फाइनल खेलमा एकछत्र राज गर्दै आएको भारतलाई पराजित गर्दै नयाँ इतिहास रच्ने समेत बताएका छन् । 

‘भोलि हाम्रो दिन हो । अवस्य हामी भारतको रेकर्ड ब्रेक गर्छौ ।’ मुख्य प्रशिक्षक खड्काले भने, ‘हाम्रो मुख्य हतियार भनेको हाम्रो टिम स्प्रिट हो । जुन हाम्रो गोर्खाली पन हुन्छ त्यसले भारतलाई डोमिनेट गर्ने छौ । उनीहरु प्राविधिक रुपमा हामी भन्दा माथी भएपनि अहिले हाम्रो खेलाडीहरुको दिन प्रतिदिनको सुधारले भारतको नेपालीमाथिको डोमिनेटिङ नजर हटेको छ । त्यो हाम्रो लागी अर्को फाइदा हो ।’

त्यसो त साफ महिला च्याम्पियनसिप फुटबलको इतिहासमा अहिलेसम्म कुनै टिमले भारतलाई पराजित गर्न सकेको छैन । तर, पनि पछिल्लो समयमा अन्य प्रतियोगितामा नेपालले तुलनात्मक रुपमा भारतलाई दबाबमा राखेको छ । यसले गर्दा पनि नेपाल भारतलाई पराजित गर्दै उपाधि जित्ने होडमा छ । 

‘भारतको विङ साइड निकै बलियो देखिएको छ । प्लेयर मेकर सन्जु, इन्दुमती र संगिता बास्फोरेलाई मिड्जोनमा दबाब दिएर समय नदिई खेल्ने छौ ।’ प्रशिक्षक खड्काले भने, ‘ हामी आक्रमक फुटबलमा विश्वास गर्छौ । त्यसकारण आक्रमक फुटबल खेल्दै रक्षापंतिलाई बलियो बनाए आत्मविश्वासका साथ भारतलाई पराजित गर्नु नै हाम्रो लक्ष्य हो ।’

फाइनल खेलमा भारतले पनि आक्रमक खेल खेल्ने भएकाले सावित्रलाई खेल्न अरु टिमभन्दा सजिलो हुने खडेकाले बताए । भारतसँग पछिल्लो दुई मध्ये एक खेलमा जीत र एकमा बराबरी खेलेका कारण पनि आत्मविश्वास थपिएको नेपाली महिला टिमकी कप्तान निरु थापाले बताइन । 

त्यसैले नेपाली टोली प्रतियोगिताको उपाधि जित्न तयार रहेको बताइन् । आत्मविश्वासी कप्तानको यो अभिव्यक्तिले नेपाली टिम बलियो छ र फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्न पूर्णरुपमा तयार भएको सबैलाई भान हुन्छ ।

यता, भारतीय प्रशिक्षक मायमोल नेदुगादन रोक्कीले पाँचौ पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचाल्ने दाबी गरिन् । नेपाल र भारतबीचको फाइनलमा निकै रोमाञ्चक प्रतिस्पर्धा हुने निश्चित छ ।

नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि पहिलो पटक उचाल्ने दाउमा छ भने भारत लगातार पाँचौ पटक जित्दै एकछत्र रा जगर्न चाहन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।