बिहीबार, वैशाख १३, २०८१

ओली दम्पतीलाई मात्र किन सेतो सिट?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार परिवारसहित नेपाली चलचित्र ‘क्याप्टेन’ हेर्न पुगे। फागु पूर्णिमाको सन्दर्भ पारेर प्रधानमन्त्री ओली पिता मोहनप्रसाद ओली र पत्नी राधिका शाक्यका साथ ‘क्याप्टेन’ हेर्न कमलपोखरीस्थित सिटी सेन्टरमा पुगेका थिए।

बुधबार साँझ प्रधानमन्त्री ओली उक्त चलचित्र हेर्न पुग्दा हल सफा पारिएको थियो। हल दर्शकले भरिभराउ थियो। बस्ने सिट पनि सफा र चिटिक्क पारिएका थिए। हलमा सबै सिट रातो कभरले छोपिएका थिए। तर दुई सिट मात्र सेतो कभरले छोपिएका थिए। 

प्रधानमन्त्री ओली आए र त्यही सेता सिटमा बसे। प्रधानमन्त्री छेउकै बायाँपट्टि सेतो सिटमा बसिन्  प्रधानमन्त्री पत्नी राधिका। ओलीको दायाँपट्टिको साधारण सिटमा बसे ओली पिता मोहनप्रसाद। प्रधानमन्त्रीले हलमा साधारण सदस्यले झैँ फिल्म हेरेको भए जनतालाई अपनत्व भान हुने थियो। उनको यस्तो तरिका देखेर अहिले सामाजिक सञ्जालमा विरोधसमेत हुन थालेको छ।

राम लोहनीले फेसबुकमा प्रधानमन्त्री ओलीको यो तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘यो देसाँ जे गर्छन् हनुमानले गर्छन्। गर्नुपर्ने, गर्नु नपर्ने, जे गर्दा चाकरी पुग्छ ती सबै गर्छन्। हलमै फिल्म हेर्न भनेर पुगेपछि जे जस्तो सिट छ, त्यसैमा बस्थे होलान् नि प्रधानमन्त्री दम्पति! तर सिटमाथि सेतो टालो ओछ्याइयो। यो किनभने जनता बसेको सिटमा कामरेड अध्यक्ष तथा प्रधानमन्त्री बस्‍न सुहाउँछ? प्रजाको जुम्रा सर्‍यो भने? मयल सर्‍यो भने? किटाणु सङ्क्रमण भयो भने?

यस प्रकारको कुपमण्डुकताप्रति मेरो घोर वितृष्णा छ।’ अन्य थुप्रै सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले यो कदमको विरोध जनाएका छन्।

नेपाली चलचित्रका स्थापित नायक भुवन केसीद्वारा निर्माण गरिएको उक्त चलचित्रमा फुटबलमा आधारित कथावस्तु छ। नायक अनमोल केसीको मुख्य भूमिका रहेको उक्त चलचित्रले खेल क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्यका लागि डटेर निरन्तर लागेमा सफलता सम्भव छ भन्ने सन्देश दिएको छ। 

एउटा राम्रो प्रतिभा भए पनि फुटबल क्षेत्रमा स्थापित हुन कति चुनौती र सङ्घर्ष गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको उक्त चलचित्रमा प्रतिभाको पहिचान गर्ने सामर्थ्य बढाउन पनि आवश्यक रहेको देखाएको छ। मुलुकमा कानून र नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयमा देखिएको समस्याको पक्षलाई पनि चलचित्रले उजागर गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्