मंगलबार, वैशाख ११, २०८१

सिद्धार्थ बैंकले खोल्यो नयाँ दुई शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सिद्घार्थ बैंकले मंगलबार इचंगुनारायण र धनेश्वरस्थित दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको छ।

बैंकको इचंगुनारायण शाखाको उद्घाटन नागार्जुन नगरपालिकाका उप मेयर सुशीला अधिकारीले भने धनेश्वर शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञान माया डङ्गोलले गरेका हुन्।

सबै क्षेत्र र वर्गसम्म बैंकिंक सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले शाखा विस्तार गरेको जानकारी दिएको छ। ती नयाँ शाखा सञ्चालनमा आएसँगै देशभर १४६ वटा शाखा, तीन एक्स्टेन्सन् काउन्टरसहित, ९९ शाखारहित बैंकिङ सेवा, १५६ एटीएम र एक हजार दुई सयभन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नगदरहित कारोवार प्रवर्द्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ। कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरीफाइड वाई भिसा सेवा प्रविधिको अवलम्वन गरेको कम्पनीको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्