बिहीबार, वैशाख १३, २०८१

जनकपुर पुग्यो मिथिला मध्यमा परिक्रमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - मिथिलाको प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रमा बुधबार जनकपुर पुगेको छ । दुई साताअघि मिथिला बिहारीको डोलाका साथ जनकपुरबाट सरु भएको परिक्रमा पुनः जनकपुर पुगेको हो।

नेपाल तथा भारतका विभित्र धार्मिक स्थलहरुको परिक्रमा गरी जनकपुर पुगेको धार्मिक यात्रा विहिबार अन्तरगृह परिक्रमा गर्नेछ। मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरमा गरिने परिक्रमालाई अन्तरगृह परिक्रमा भनिन्छ। अन्तरगृह परिक्रमामा विगत १५ दिनदेखि सहभागी तिर्थालुका साथै स्थानीयहरुको समेत सहभागित हुने गरेको छ। अन्तरगृह परिक्रमा गरेसँगै १५ दिने लामो धार्मिक यात्रा बिहीबार सकिने छ।

नेपाल–भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक मानिएको मिथिला मध्यमा परिक्रमाको क्रममा नेपालको ११ र भारतको तीन स्थानमा विश्राम स्थलहरु छन्। जनकपुरबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा भारतको कलाणेश्वर, गिरिजास्थान र विशौलमा विश्राम गरेको थियो। यसैगरी महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, औरही र धनुषाधाम पुग्ने गर्दछ।

मिथिला महात्म्यअनुसार यी विश्रामस्थलहरुको पौराणिक एवं धार्मिक महत्वबारे विशेष रुपले व्याखान गरिएको हुँदा श्रद्धालुमा अटुट आस्था रहेको छ। मिथिला महात्मयअनुसार १८ औं शताब्दीदेखि यस धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाउन थालिएको हो । सबैभन्दा लामो दुरीको यात्रा भनिएको मिथिला मध्यमा परिक्रमाअन्तर्गत नेपालमा १०७ र भारतमा २६ गरी कूल १३३ किलोमिटर यात्रा पैदल यात्रा गरिन्छ।

होली शुक्रबार

पहाडी जिल्लाहरुमा बुधबार होली मनाइँदैछ भने जनकपुरमा भने शुक्रबारमात्र होली हुने भएको छ । अन्तरगृह परिक्रमा सम्पत्र भएको होली मनाउने परम्पराअनुसार जनकपुरसहितको क्षेत्रमा शुक्रबार होली पर्व मनाइने छ । यद्यपि प्रदेश २ कै बारा, पर्सालगायतका जिल्लाहरुमा भने विहिबार होली मनाइने बताइएको छ । होलीको अवसर पारेर प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश २ भित्रै दुई दिन होली मनाइने भएकोले प्रदेश सरकारले बिहीबार र शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।