बुधबार, वैशाख १२, २०८१

टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल कतारसँग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सिंगापुरमा हुने आईसीसी टी-२० विश्वकपको एसिया छनोटको खेल तालिाका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले निकालेको एसिया छनोट तालिका अनुसार खेल जुलाई २२ देखि २८ सम्म आयोजना संचालन हुने छन् । 

सन् २०२० मा आयोजना हुने टी-२० का लागि नेपालले एसिया छनोटमा आफ्नो पहिलो खेल कतारसँग खेल्दै छ । नेपालले कतारसँगै २३ जुलाईमा खेल्ने छ । त्यस्तै दोस्रो खेलमा मलेसियासँग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्दै एसिया टनोट सहिने छ । 

उक्त एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

यूएईमा २०१९ अक्टोबरदेखि नोभेम्बरसम्म हुने ग्लोबल छनोटमा १४ टिमको सहभागिता रहनेछ । आईसीसीको विश्व वरियतामा ११औं देखि १६औं स्थानसम्म पर्ने टिमले स्वतः घटुवा भएर विश्वकपका लागि ग्लोबल छनोट खेल्नु पर्नेछ ।

आईसीसीको बरियताबाट घटुवा हुदै ग्लोबल छनोट खेल्ने टिममा स्कटल्यान्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स, ओमन, हङकङ र आयरल्यान्ड रहेका छन् । यी ६ टिमले विश्वकपका लागि विभिन्न महादेशबाट छनोट भएर आएका टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

एसिया, अमेरिका र अफ्रिकाबाट समान २-२ टिम विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यस्तै, इष्ट एसिया प्यासिफिक र युरोपबाट समान १-१ टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।

यसरी विभिन्न महादेशबाट छनोट भएर आएका आठ राष्ट्र र आईसीसीको बरियताबाट घटुवा भएका ६ राष्ट्र गरी १४ राष्ट्रले विश्वकप प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।  यो छनोटबाट शीर्ष ६ टिमले २०२० को विश्वकप खेल्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।