बिहीबार, वैशाख १३, २०८१

मोबाइल प्रयोगशाला भ्यानबाट अनुगमन शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल प्रयोगशाला भ्यान परीक्षण गरेको छ। उक्त भ्यान परीक्षणसँगै विभिन्न भोजनालय, रेष्टोरा, पसलहरुको अनुगमन तथा कैफियत भेटिएकालाई सुधार गर्न निर्देशन दिएको छ।

विभागले साेमबार र मंगलबार बुढानिलकण्ठ स्थित विभिन्न होटल रेष्टोरा, भोजनालय तथा डेरी लगायतको अनुगमन गरेको छ। दोषि भेटिएकालाई सरसफाइ लगायत सुधार गर्न निर्देशन दिएको हो। प्रशान्त डेरी प्रालि., श्रेया होटल, सेन्ट्रल मम, खाद्य भण्डार, श्रृजना स्टोर्स, गिताञ्जली होटल, अप्सरा रेष्टोराँ, गुप्ता स्विट्स तथा एएमएस कोल्ड स्टोर सरसफाइमा सुधार गर्न, लेवल विवरण हेरेर वस्तु बिक्री वितरण गर्न निर्देशन दिएको छ।

दुध उत्पादन निर्देशनअनुसार मापदण्ड पूरा गरेर मात्रै उत्पादन गर्न पर्ने विभागको प्रवक्ता पूर्णचन्द्र वस्थीले सुझाब दिए। घुम्ती प्रयोगशाला (मोबाइल ल्याब्रेटरी) परिचालन गरी स्थलगत रुपमा दुध, तेल, पानी लगायतका खाद्यवस्तुको परीक्षण गरी खाद्य ऐन अनुसार कारबाही गरिरहेको उनको भनाइ छ। आगामी दिनमा काठमाडौंं उपत्यका  लगायत देशका विभिन्न भागमा अनुगमन कार्यलाई तिव्रता दिने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्