काठमाडाैं - पोखरामा पुनः प्याराग्लाइडिङ दुर्घटना भएको छ। दुर्घटनामा परि एक बालकसहित दुई विदेशी नागरिक घाइते भएका छन्। घाइते हुनेमा ५० वर्षीय चिनिया नागरिक एलेस केरिएन र सिंगापुरका ७ वर्षीय बालक याङ जुयाङ जी रहेका छन्। ग्लाइडर बिजुलीकाे तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले बताएकाे छ।
साराङकोटबाट उडेको ओपन स्काइ कम्पनिको प्याराग्लाइडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको हो। घाइते दुबैको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४