बिहीबार, वैशाख १३, २०८१

यस्तो छ 'एसएमजी चोर' सैनिकको बयान

हामीले यसअघिका ५ श्रृंखलामा कारागारमा सजाय भोगिरहेका सैनिकदेखि उनीहरुका परिवारले भोगेको यातनाको वृतान्त प्रकाशित गरिसक्यौं। निर्दोष हुँदाहुँदै आफूहरुलाई चरम यातना दिएर चोरी स्वीकार गर्न लगाएको कारागारबाटै सैनिक जवान सरोज तामाङले नेपाल समयसँग भनेका थिए।
 |  बिहीबार, भदौ ३, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, भदौ ३, २०७८

साढे दुई वर्षअघि चितवनको कालीबहादुर गणबाट Sterling 9M/m NKR 100792 नम्बरको एउटा एसएमजी गन हराएको थियो। त्यही गन चोरी गरेको अभियोगमा गणमा कार्यरत सैनिक अमल्दार लवकुमार गुरुङ र सैनिक जवान सरोज तामाङलाई चार महिना सैनिक हिरासतमा चरम यातना दिइयो। त्यसपछि सैनिक अदालतकै फैसला बमोजिम गुरुङलाई ७ वर्ष र तामाङलाई १० वर्ष कैद सजायअनुरुप अहिलेसम्म जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्। 

triton college

हामीले यसअघिका ५ शृंखलामा कारागारमा सजाय भोगिरहेका सैनिकदेखि उनीहरुका परिवारले भोगेको यातनाको वृतान्त प्रकाशित गरिसक्यौं। निर्दोष हुँदाहुँदै आफूहरुलाई चरम यातना दिएर चोरी स्वीकार गर्न लगाएको कारागारबाटै सैनिक जवान सरोज तामाङले नेपाल समयसँग भनेका थिए।


तामाङको कैदीपुर्जी।

यही क्रममा हामीले त्यस्तो डकुमेन्ट प्राप्त गरेका छौं, जसले हाल कारागारमा रहेका लवकुमार र सरोज दुवै निर्दोष रहेको पुष्टि गर्छ। गत साउन ७ गते चितवनमा काठमाडौंस्थित महेन्द्र दल गणमा कार्यरत नेपाली सेनाका हुद्दा भरत गुरुङको गोली हानी हत्या भएको थियो। उक्त हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले नेपाली सेनाकै सिपाही गंगाधर ढकाललाई पक्राउ गरेको थियो। ढकालको साथबाट प्रहरीले एसएमजी गनसमेत प्राप्त गरेको थियो। 

corrent noodles
Metro Mart

प्रहरीले मंगलबारमात्रै ढकालको अनुसन्धान सकाएर उनीविरुद्ध ज्यानसम्बन्धी मुद्दा, अवैध हतियार रुपमा हातहतियार राखेको तथा चोरी गरेको कसुरमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

तर जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले यो मुद्दाको फैसला आफैं गरेन, गुरुङको हत्या मुद्दासम्बन्धी सबै फाइल सैनिक मुख्यालयबाट माग भएको भन्दै सैनिक अदालत पठाउने आदेश थियो। 

तर, हामीले त्यो जिल्ला अदालतको फाइल प्राप्त गरेका छौं, जहाँ ढकालको साथबाट प्राप्त भएको एसएमजी गनको नम्बर र साढे २ वर्षअघि कालीबहादुर गणबाट हराएको गनको नम्बर मिलेको पुष्टि हुन्छ। 

बयानका क्रममा ढकालले आफ्नै साथी भरतको हत्यामा आफू एकजना मात्रै संलग्न रहेको बताएका छन्। त्यस्तै हतियारबारे सोधिएको प्रश्नमा उनले ०७५ सालको जाडो महिनामा काठमाडौंबाट बिदामा चितवन घर आएका बेला कालिबहादुर गणबाट उक्त सट मेसिन गन चोरेको बयान दिएका छन्।

‘म काठमाडौंबाट घरमा छुट्टीमा चितवन आएको थिएँ। सो समयमा भरतपुरस्थित सेनाको ब्यारेकको चौबिस कोठीतिरको तारबाट रातको करिब १० बजेतिर छिरेर करिब २ घण्टाजति झाडीमा लुकेर बसेको थिएँ । करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ,’ उनले बयानका क्रममा भनेका छन्।

महेन्द्र दल गणमा कार्यरत हुनुअघि आफू भरतपुरको कालीबहादुर गणमा दुई वर्ष कार्यरत भएकाले गनका बारेमा आफूलाई जानकारी भएको उनले बयानमा बताएका छन्। चोरी गरेको हतियार आफूले घरको टौवामुनि लुकाएर राखेको समेत उनले खुलाएका छन्। 

पढ्नुस्, उनले दिएको बयान जस्ताको त्यस्तैः 

तपाईंले उक्त बरामद भएको बन्दुक के कसरी प्राप्त गर्नुभएको हो? उक्त बन्दुक ड्युटीमा हुँदा चोरी गरेको हो या अन्य समयमा चोरी गरेको हो? 

मिति २०७५ सालको महिना याद भएन, जाडोको सिजन थियो। म काठमाडौंको महेन्द्र दल गणमा कार्यरत थिएँ। म यसअघि भरतपुर चितवनको सेनामा ब्यारेकमा करिब २ वर्षजति काम गरेको थिएँ र काठमाडौं सरुवा भएर गएको थिएँ। भरतपुर चितवनको सेना ब्यारेकका बारेमा मलाई जानकारी थियो। म काठमाडौंबाट घरमा छुट्टीमा चितवन आएको थिएँ।

सो समयमा भरतपुर चितवनको सेनाको ब्यारेकको चौबिस कोठीतिरको तारबाट रातको करिब १० बजेतिर छिरेर करिब २ घण्टाजति झाडीमा लुकेर बसेको थिएँ। करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ। उक्त हतियार चोरेर घरको टौवामुनि लुकाएर राखेको थिएँ। मैले टौवा फेर्ने बेलामा अर्को ठाउँमा लुकाएर राख्ने गरेको र फेरि टौवा बनेपछि सोही स्थानमा लुकाएर राख्ने गरेको थिएँ। उक्त चोरी गरेको हतियार लुकाएको घरमा कसैलाई थाहा थिएन। 

तपाईंले उक्त हतियार किन कुन प्रयोजनका लागि चोरी गर्नुभएको थियो? 

मैले उक्त हतियार किन चोरेँ भन्ने मलाई थाहा भएन। चोरी गर्ने समयमा मेरो दिमागले काम नै गरेको थिएन।





शृंखलाको पाँचौं भाग

०७५ साल माघ २६ गते। उदयपुरस्थित त्रियुगामा रहेको आफ्नै घरमा थिइन्, तारा तामाङ। बहिनी प्रमिला पनि त्यहीँ आएकी थिइन्। बिहान भर्खर कुखुरा बास्न थालेका थिए। बेडमा मस्त सुतिरहेका थिए, तारा र प्रमिला। ...

शृंखलाको चौथो भाग


सैनिक भरत गुरुङको हत्या मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले गुरुङको हत्या मुद्दासम्बन्धी सबै फाइल सैनिक अदालत पठाउने आदेश गरेको हो।...

शृंखलाको तेस्रो भाग:

आफू सुत्केरी भएका बेला निर्दोष श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।…

शृंखलाको दोस्रो भाग:

एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो। ...

शृंखलाको पहिलो भाग:
दुई वर्षदेखि जेलमा रहेका दुई  सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।…

प्रकाशित: Aug 19, 2021| 13:50 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्