शुक्रबार, वैशाख ७, २०८१

प्रियंका बनिन् शक्तिशाली महिला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई –  बलिउडकी चर्चित नायिका प्रियंका चोपडालाई एकपछि अर्को सफलता मिल्दै गएको छ। पहिले प्रियंका चोपडाले हलिउडमा सिरियल र फिल्म खेलिन्। यतिबेला उनको नामसँगै एउटा उपलब्धि पनि जोडिएको छ। उनी यूएसए टुडेको पावर आइकनको सूचीमा पर्न सफल भएकी छन्। यस सूचीका अनुसार अब प्रियंका मनोरञ्जन जगत्का सबै भन्दा शक्तिशाली ५० महिलाको सूचीमा पर्न सफल भएकी छन्।

प्रियंकाका अलावा सूचीमा ओपरा विनफ्रे, यिबांसे, एलन डी जेनेरस, निकोल किडमनको नाम पनि सामेल छ। ५० शक्तिशाली महिलाको सूचीमा नाम सामिल भएपछि प्रियंकाले हिन्दुस्तान टाइम्ससँगको अन्तर्वार्तामा भनेकी छन्, ‘शक्ति इनर्जी हो। जुन काम तपाईं गर्न चाहनुहुन्छ त्यसमा सफलता प्राप्तिका लागि यसले ऊर्जा प्रेरणा दिइरहेको हुन्छ।’

‘यस लिस्टमा म जस्तै अन्य महिला पनि पर्न सफल भएका छन्। उनीहरुले पनि जीवनमा विभिन्न चुनौतीको सामना गरेका थिए र आज खुसीको क्षणमा छन्’, उनले भनिन्। २०१८ मा प्रियंकाको नाम सबैभन्दा धनी सेलिब्रेटिको सूचीमा सामेल भइसकेको छ।

प्रियंका फिल्म ‘द स्काई इज पिंक’को सेड्युल पुरा गर्न विदेश गएकी छन्। फिल्म ‘द स्काई इज पिंक’ महिलामाथि आधारित फिल्म हो। यस फिल्ममा प्रियंकाका अलावा जायरा वसिम और फरहान अख्तरलाई मुख्य भूमिकामा देख्न सकिनेछ। यो फिल्मको कथा आयशा चौधरीमाथि आधारित छ। उनी ‘पल्मुनरी फिब्रोसिस’ रोगबाट ग्रसित थिइन्। उनको मृत्यु १८ वर्षको उमेरमा भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्