धनगढी– ट्याक्टर दुर्घटनामा परि बझाङ जिल्लामा एक युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बस्ने २४ वर्षीया लोकेन्द्र रोकाया रहेका छन्।
बझाङको छान्नाबाट बाजुरातर्फ जाँदै गरेको म १ त १११७ नम्बरको ट्रयाक्टरको ट्रलीafट खसेर रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ। गाउँपालिकाको वडा नम्वर ७ मा दुर्घटना भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकालाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४