शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट खर्चप्रति सांसदहरुको असन्तुष्टि, तत्काल सुधार्न निर्देशन

बजेट खर्चप्रति सांसदहरुको असन्तुष्टि, तत्काल सुधार्न निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सरकारले गरेको बजेट खर्चप्रति संघीय संसद अर्थ समितिले असन्तुष्टि जनाएको छ। सिंहदरबारमा सोमबार बसेको बैठकमा सांसदहरुले सरकारको बजेट खर्चप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

समितिका सभापति कृष्णप्रसाद दाहालले बजेट कार्यान्वयन र पूँजीगत खर्चको अवस्थामा अपेक्षित प्रगति हासिल हुन नसकेको बताए। त्यसलाई तत्काल सुधार्नुपर्ने उनको निर्देशन छ।

अर्थ मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार आठ महिनाको अबधिमा बजेटको आधा पनि खर्च हुन सकेको छैन। साथै पूँजीगत खर्च २८.८९ प्रतिशत मात्र भएको छ।

ती विषयमा छलफल गरी समितिले चालु आवको बजेट कार्यान्वयनको लक्ष्य अनुरुप बनाउन आगामी जेठ १५ गतेसम्मको कार्यतालिकासहितको कार्यायोजना बनाई बजेट कार्यान्वयन गर्न निर्देशन दिएको छ। हरेक दिनको प्रगति मूल्यंकन गर्ने पद्धतिको विकास गरी लागू गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

बैठकले नीतिगत र कानूनी व्यवस्थाका कारणले समस्या सिर्जना भएको भए आवको बजेट निर्माण गर्नुपूर्व तत्काल गर्न सकिने र गर्नुपर्ने सुधारको खाका तयार गरी १५ दिनभित्र समितिमा पेश गर्न गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

०७५ असोज २१ गते र मंसिर ५ गते बसेको बैठकबाट निर्णय भई दिएको निर्देशन कार्यान्वयनको अवस्थाको समेत समितिले पर्याप्त जानकारी नपाएको भन्दै सो सम्बन्धमा योजनासहितको विवरण सात दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ।

बजेट प्रस्ताव र विनियोजन गर्दा खरिद गुरु योजना, खरिद योजना र भुक्तानी योजनासहित गर्न गराउन लगायतका निर्देशन मन्त्रालय, निकाय, सचिवालय, अयोगहरुलाई बैठकले दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्