बिहीबार, वैशाख १३, २०८१

कांग्रेसमा किचलो, सिटौलाद्वारा बैठक बहिष्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको अनौपचारिक बैठक नेता कृष्णप्रसाद सिटौलाले बहिष्कार गरेपछि कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ। सभापति देउवाले गत फागुन १४ गते स्थगन गरेको केन्द्रीय कार्य समिति बैठक अगाडि बढाउने र तिनमा छलफल गरिने एजेन्डाबारे परामर्श गर्न आइतबार आफ्नै निवास बूढानीलकण्ठमा डाकेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक  पूर्वमहामन्त्री सिटौलाले बहिष्कार गरेका हुन्।

नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन,  पार्टी अनुशासन कमिटी गठन र  केन्द्र, प्रदेश  तथा स्थानीय तहमा संघीय संरचनाअनुसार निर्वाचन समिति गठनमा विवाद चर्किने देखेपछि सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगन गरेका थिए।

आइतबारको अनौपचारिक बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्कालगायत सहभागी थिए।

सभापति देउवाले बैठक बोलाउने, धारणा बुझ्ने र सुझाब कार्यान्वयन गर्नुपर्ने अवस्थामा एकलौटी निर्णय गर्दै आएका कारण पूर्र्वमहामन्त्री सिटौलाले बैठक बहिष्कार गरेको स्रोतले बतायो।

कांग्रेसमा सिटौला पक्षले एउटा गुट सञ्चालन गर्दै आएको छ। सो गुटले  विघटित नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद मिचिए समानान्तर कमिटी गठन गर्ने र अनुशासन समिति तथा निर्वाचन समितिमा आफ्नो समूहको ण्सम्मान जनक उपस्थिति नपाए केन्द्रीय समिति बैठक नै बहिष्कार गर्ने तयारी गरेको छ। 

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले संघीय संरचनाअनुसार गठन गर्नुपर्ने निर्वाचन समिति र पार्टीको अनुशासन समिती गठन नहुँदा गत प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्नेमाथि कारबाही गर्न नसकिएकाले शीर्ष नेतृत्वबीच यी दुई विषयमा सहमति जुटाउन सभापति देउवाले अनौपचारिक बैठक बोलाएको जानकारी दिए। विश्वकर्माका अनुसार केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।