शनिबार, वैशाख ८, २०८१

साना उद्योग मुलुकको आर्थिक समृद्धिको आधार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रदेश नम्बर-१ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुशियतले मुलुकका लघु, घरेलु तथा साना उद्योगहरू आर्थिक समृद्धिको आधार भएको बताए। त्यस्ता उद्योगहरू मुलुकको आर्थिक समृद्धिको मुख्य आधार भएको उनको भनाइ छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघसँगले गरेको छलफलमा उनले साना उद्योगहरुको विकासमा जोड दिएका छन्। मुलुकको संविधानको मूल मर्म समृद्धि भएको भन्दै उनले अबको प्रमुख काम आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपले समृद्धि हुनु पर्ने धारणा राखे। ‘समृद्धि आफैसँग भएका स्रोत साधनको खोजी र उपयोगिताबाट मात्रै प्राप्त हुन्छ,’ उनले भने ‘त्यसैले स्थानीय स्रोत साधनमा आधारित लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धनबाट मात्रै समृद्धि सम्भव हुन्छ।’

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले भर्खरै मात्र संसदद्वारा पारित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन संशोधन र एकिकरण विधेयकमा लघु उद्यम तथा घरेलु उद्योग लगायत कृषि तथा कृषिसँग सम्बन्धित उद्योगहरुलाई समेटिएको बताए। मत्स्यपालन, मौरीपालन तथा डेरी उद्योगमा समेत विदेशी लगानी खुला गरिएकोले यसले मौलिक पहिचान भएका लाखौं स्वदेशी उद्योगहरुलाई धाराशायी हुने भन्दै  विदेशी लगानी हटाउनु पर्ने माग गरे।

उनका अनुसार लघु, घरेलु तथा साना उद्योग दर्ता तथा नविकरण गर्ने अधिकार पालिकालाई दिनुपर्छ। प्रदेश सरकारले विभिन्न स्कीमहरु बनाइ यसको विकास र प्रवर्द्धनका लागि पहल गर्नुपर्ने हुन्छ।

कार्यक्रममा आफ्नो धारणा राख्दै उद्योगीहरुले स्वदेशी वस्तुको बजार पहुँचको दायरालाई फराकिलो बनाउन भारत सरकारले समेत सार्वजनिक खरीद प्रक्रियामा २५ प्रतिशतसम्म स्वदेशी वस्तु खरीद गर्नुपर्ने व्यवस्था गरेको छ। नेपालमा पनि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकामा व्यवस्था गरे बमोजिम १५ प्रतिशतसम्म महंगो भएपनि उपलव्ध भएसम्म स्वदेशी वस्तु खरीद गर्नुपर्ने व्यवस्थालाई सबै तहका सरकारले प्रभावकारी रुपमा लागु गराउनुपर्ने आवश्यकता रहेकाे अाैल्याए।

उद्योगीहरूले विभिन्न वहानामा गरिने तोडफोड, हत्या, विस्फोट जस्ता घट्नालाई निष्तेज पारिनु पर्ने सरकारसँग माग गरे। अध्यक्ष गिरीले पछिल्लो समय बैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ्गको घरमा गराइएको बम विष्फोटको घटनाको महासंघ विरोध गरेको स्पष्ट पारे। ‘यस घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न महासंघ आग्रह गर्दछ,’ उनले भने।

नेपालको संविधान बमोजिम प्रदेश नम्बर १ सभाले बनाउने ऐन र कानून निर्माण गर्दा सरोकारवाला नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवम नियमित रुपमा परिमार्जित गर्नु पर्ने बताए। बनेको कानून कार्यान्वयमा आउनुपर्ने उनको जोड छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्