बिहीबार, वैशाख १३, २०८१

राजा जनकको भूमिमा पूर्वराजाको देश चिन्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - पूर्वराजा ज्ञानेन्द्र शाह चारदिने जनकपुर भ्रमण सकेर  झापा लागेका छन्। शाहले झापा जानुपूर्व आफ्नो चारदिने जनकपुर भ्रमण सफल रहेको प्रतिक्रिया दिएका छन्। तर, उनले देशको अवस्थाका बारे भने चिन्ता व्यक्त गरेका छन्। पूर्वराजा शाहले जनताले अझै शान्तिको अनुभुति गर्न नपाएकोमा चिन्ता व्यक्त गरेका हुन्। देशमा शान्ति कायम भएको हेर्न चाहेको आफ्नो एकमात्रै चाहना भएको उनले बताए।

चारदिन जनकपुर बसेका उनी आइतबारै सप्तरीको सखडा भगवती पुग्ने कार्यक्रम छ। सखडा भगवतीमा पूजापाठ गरेपश्चात उनी पुनः झापा पुग्ने छन्। पूर्वराजा शाहले झापाको दमकबाट पछिल्लो मधेश भ्रमण सुरु गरेका हुन्। पूर्वराजा ज्ञानेन्द्र २९ फागुनमा जनकपुर पुगेका थिए। जनकपुरलाई केन्द्र बनाएर पछिल्लो तीन दिनमा उनले मधेशका तीन जिल्ला भ्रमण गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र सर्लाहीको मलंगवास्थित दुर्गा मन्दिर, उदयपुरको घाइघाटस्थित राधाकृष्ण मन्दिर र सप्तरीको सखरा भगवती पुगेर पूजाअर्चना गरेका छन्। शाहले चैत १ गते जनकपुरस्थित जानकी मन्दिरमा पूजापाठ गरेका थिए।

पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले पछिल्लो भ्रमणलाई धार्मिक भ्रमण बताइरहेपनि मधेशको राजनीति गोलचक्करमा फसिरहेका बेला उनको यस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। उनको यस भ्रमणलाई धार्मिक भनिएपनि उनले भ्रमणका क्रममा  नागरिकको भावनासमेत बुझेका छन्। जनकपुरसहित मधेशको पछिल्लो भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र उत्साहित देखिएका उनका एक समर्थकले बताए। ‘जनकपुरसहित मधेशका अन्य जिल्लाहरुको भ्रमणपछि उहाँ खुसी भएर फर्कनु भएको छ,’ ती समर्थकले नेपाल समयलाई भने,‘उहाँ उत्साहित भएर फर्कनु भएको हामीलाई लागेको छ।’ 

पूर्वराजा शाहले जनकपुर बसाइको क्रममा समर्थकहरुसँग सामूहिक वा व्यक्तिगत रुपमा भेट नगरेको बताइएको छ। यद्यपि जनकपुर आउनुपूर्व उनले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी तथा उदयपुर जिल्लाका आफू समर्थक खास व्यक्तिहरुलाई बोलाएर झापामै भेट गरेका थिए।

दुई दिनअघि जानकी मन्दिरमा पूजापाठ गर्न पुगेका पूर्वराजा शाहले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मुलुकमा जनताले शान्ति महसुस गर्न नसकेको प्रतिक्रिया दिएका थिए। मुलुकमा शान्ति कायम हुनुपर्ने आफूहरुको चाहना रहेको बताउँदै उनले आफ्नो भ्रमण विशुद्ध रुपमा धार्मिक रहेको बताएका थिए। साथै मधेश केन्द्रीत दलहरुले प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राख्न अडान लिइरहेका बेला पूर्वराजा ज्ञानेन्द्रले मधेश नभई तराई भत्र आग्रहसमेत गरेका थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।