शुक्रबार, वैशाख १४, २०८१

सिकेको बैठकस्थल अचानक किन सारियो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- सरकारसँग ११ बुँदे सम्झौता गरेको स्वतन्‍त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबार डाकिएको छ। सरकारसँग भएको सहमति पश्चात आगामी रणनीति बनाउन गठबन्धनले परिषद्को बैठक डाकेको हो।

गठबन्धनले बोलाएको परिषद् बैठकको स्थान अन्तिम समयमा आएर सारिएपछि यसबारे अन्यौलता  बढेको छ। सरकारसँग सहमति गरेर मूलधारको राजनीति स्वीकार गरिसकेको गठबन्धनले आफ्नो बैठकबारे अन्यौलता बनाएर राखेपछि आमनागरिकमा संशय बढेको छ।

यसअघि गठबन्धनको परिषद् बैठक जनकपुरमा हुने बताइएको थियो। तर, शनिबार अचानक बैठक सिरहाको लहानमा हुने बताइएको छ। यसैगरी चैत ४ र ५ मा बैठकको मिति तोकिएको उनले बताएका थिए। तर, अहिले आएर ३ चैतमा बैठक हुने भनिएको छ।

गठबन्धनका धनुषास्थित एक सदस्यसँग बैठकबारे जानकारी माग्दा ‘आफुले केहि नभत्रे’ प्रतिक्रिया दिए। ‘हामी प्रचारभन्दा बढी काममा विश्वास गर्दछौं,’ उनले भने, ‘अहिले सबै कुरा सार्वजनिक गरे बैठक भाडिन सक्दछ। त्यसैले सार्वजनिक गर्न मिल्दैन।’

गठबन्धनको बैठक कहिले बस्दैछ भत्रे प्रश्नमा उनको उत्तर थियो, ‘यसै सात कुनै दिन बस्छ होला।’ मूलधारको राजनीतिमा आइसकेपनि बैठकबारे किन सार्वजनिक नगरेको भन्ने प्रश्नमा उनले ‘हामीलाई कुनै कुरा सार्वजनिक नगर्न निर्देशन छ। कसले के भन्छ मलाई थाह भएन्।’ परिषद्को बैठकस्थल जनकपुर वा लहानबारे प्रचार गरेर अन्यौलता कायम गर्न खोजिएको अनुमान गरिएको छ।

सरकारसँग ११ बुँदे सम्झौता र आगामी रणनीतिबारे छलफल गर्न बोलाइएको बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई आ–आफ्नो नागरिकता अनिवार्य ल्याउन भनिएको बताइएको छ। परिषद्को बैठक सकिए लगत्तै गठबन्धनको विस्तारित बैठक हुने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।