शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मुलुकको आर्थिक विकासमा युवालाई अगाडि सार्नुपर्छ : नेता महत

मुलुकको आर्थिक विकासमा युवालाई अगाडि सार्नुपर्छ : नेता महत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिएका छन्। युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा उनले राष्ट्र निर्माणका लागि युवा शक्तिलाई काममा लगाउनुपर्ने बताए। ‘स्रोत र साधन भएर मात्र मुलुकको विकास हुँदैन, नीति, आचरण र परिश्रम आवश्यक छ,’ उनले भने।  

नेता महतले कांग्रेसले शुरुदेखि नै समाजवाद उन्मुख अर्थ व्यवस्थालाई अगाडि सारेको बताउँदै सीपको विकास गरेर युवालाई रोजगारीमा लगाउनु अहिले मुलुकको आवश्यकता रहेको उल्लेख गरे। 

पूर्वअर्थमन्त्री डा. महतले उदार अर्थव्यवस्थाका कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको बताए। हरेक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढ्नु मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको उनको भनाइ छ। 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा। शेखर कोइरालाले दुई तिहाइ जनमत पाएको सरकारले आर्थिक विकासको क्षेत्रमा ठोस काम गर्न नसकेको बताए। ‘अर्थ मन्त्रालयको नियन्त्रणमा नेपाल राष्ट्र बैंकलाई राखेर बैंक तथा वित्तीय संस्थालाई धरासयी बनाउन खोजिँदैछ, उनले भने। सुशील कोइराला नेतृत्वको सरकारले गरेको लगानी सम्मेलनलाई कार्यान्वयन गर्नतर्फ सरकार लाग्नुपर्नेमा नयाँ लगानी सम्मेलन गर्न सरकार लागेको उनको भनाइ थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।