शुक्रबार, वैशाख ७, २०८१

सिकेलाई जवाफ दिन मधेशकै जनता काफी : गगन थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - नेपाली कांग्रेसका नेता गगन थापाले विखण्डनकारी सिके राउतलाई जवाफ दिन मधेशकै जनता काफी रहेको बताएका छन्। विप्लवलाई हतियार बनाएर सरकारले मुलुकमा हिंसाको अवस्था उत्पत्र गर्न खोजिरहेको भन्दै नेता थापाले विखण्डनको कुरा गर्ने सिकेलाई जनतालेनै तह लगाउने बताए।

जनकपुरमा आयोजना गरिएको नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको दशौं केन्द्रीय परिषद् भेलामा बोल्दै थापाले सरकार प्रजातन्त्र मास्नतर्फ उद्त रहेको आरोपसमेत लगाए। दुई तिहाइको दम्भमा रहेको केपी ओली नेतृत्वको सरकार जनताको भावना कुण्ठित गर्न अगाडी बढिरहेको थापाको आरोप छ। सरकारले न्यायालय, अख्तियारजस्ता संवैधानिक निकायहरुलाई पंगु बनाएर अधिनायकवाद लाद्न खोजेको थापाको जिकिर छ।

दुई तिहाइको अनुकुलस्थिति रहेपनि सरकारको अपरिपक्वताका कारण मुलुकमा द्वन्द्वको अवस्था सिर्जना हुँदै गएको भन्दै नेता थापाले सरकारकै कारण गणतन्त्र संकटमा पर्नसक्ने संशय बढेर गएको बताए। विकास र समृद्धिका झुठा सपना बाँडेर झुक्याउन माहिर सरकारले जनताको आधारभूत आवश्यकतासमेत पुरा गर्न नसकेको उनले आरोप लगाए।

प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गर्दै थापाले भने,‘मैले प्रधानमन्त्रीलाई सोधें, प्रधानमन्त्रीज्यू विद्यालयमा शिक्षक छैनन्, उहाँले भत्रु भयो, हल्ला नगर बाबु पहिला रेल आउँछ, रेल चढेर शिक्षक आउनु हुन्छ। स्वास्थ्य संस्थामा चिकित्सक कहिले आउने सोध्दा प्रधानमन्त्री भन्‍नु हुन्छ, पानी जहाज आउँदैछ, पानी जहाजमा चढेर डाक्टर आउनुहुन्छ।’

‘प्रधानमन्त्रीलाई चुनावमा मत दिएका उहाँका क्षेत्रका सुकुम्बासीहरु घर टहरा कहिले बन्ने भनेर बाटो कुरेर बसेका छन्,’ थापाले भने, ‘तर प्रधामन्त्री भन्नु हुन्छ दुई करोड खर्चेर दमकमा भ्यू टावर बनाउँदै छु, त्यहाँ बसेर सबैलाई हेर्ने छु।’ थापाले प्रधानमन्त्री ओलीको सपनामा पूर्वाधार रहेपनि नेपाली जनता नहरेको बताए। सरकारभित्रको सम्पूर्ण अधिकार प्रधानमन्त्रीले आफ्नो हातमा लिएर हुकुमी शासन लाद्न खोजेको बताउँदै थापाले संघीयता चल्न नसक्ने भन्ने व्यक्तिपनि उनी नै रहेको आरोप लगाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।