मंगलबार, वैशाख ११, २०८१

लाखौं ठगी गरी एनजीओ फरार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - बाजुराका स्थानीयबाट लाखौं रकम ठगेर कर्णाली एग्रिकल्चर डेभलप्मेन्ट नेपाल प्रा. लि. भागेको छ। टोल टोलमा समूह गठन गर्दै पैसा संकलन गरेको उक्त संस्था लाखौ रकम संकलन गरेपछि एकाएक जिल्लाबाट भागेको हो। उक्त संस्थाले एक हजार सात सय १० कृषक समूहबाट पाँच सय रुपैयाँका दरले आठ लाख ५५ हजार रकम लगेर संस्थाका पदाधिकारी फरार भएका हुन्।

बाजुराका स्थानीय तहमा १७ हजार पाँच सय तलब दिने भन्दै १३ जना सामाजिक परिचालक समुदायमा परिचालन गरेर उक्त संस्थाले रकम उठाएको हो। कृषकबाट पैसा उठाएर भागेपछि कृषकहरु मिलेर संस्थाका नाममा जिल्ला प्रहरी कार्यलय बाजुरामा उजुरी दिएको बडिमालिका नगरपालिका ४ का कृषक कमला देबी कार्कीले जानकारी दिईन्। ठगी गर्ने उक्त संस्थाका अध्यक्ष दैलेख घर भएका लालमणी देबकोटालगायत पदाधिकारीहरु सुर्खेतका सन्दीप श्रेष्ठ, रनविर विक, राजेन्द्र मल्ल, राज कुमार बास्तोला, हेम बहादुर चन्द र कालिकोट घर भएका मणिचन्द्र पाण्डे बिरुद्ध ठगी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ। ७ जनाका विरुद्धमा मुद्दा आएपछि उपस्थिति गराउनका लागि जिल्ला प्रहरी कार्यलय दैलेख, सुर्खेत र कालिकोटमा पत्राचार गरिएको प्रहरीले जनाएको छ।

संस्थाको बाजुरा प्रमुख भएर आएकी सिता रणी मगरले आफुलाई पनि राम्रो तलब दिने भनेपछि काम गर्न बाजुरा आएको बताईन्। समुदायबाट रकम संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय सुर्खेतमा पठाउने गरेको जानकारी दिँदै उनले आफुले पनि तलब नपाएको बताईन्। सामाजिक परिचालकमा काम गरेकी पुजा खातीले आफुहरुले पनि तलब नपाएको बताईन्। पाँच महिना काम गरेपनि एक पैसा पनि नपाएको उनले गुनासो पोखिन। कर्णाली एग्रीकल्चर डेभलप्मेन्ट नेपाल प्रा. लि. कम्पनी ऐनमा दर्ता भई सुर्खेत जिल्लामा ठेगाना रहेको पाईएको छ। सामाजिक परिचालकको लागि बिज्ञापन खोल्दा पनि दुई सय १७ जनाले दरखास्त दिएको र उनीहरुबाट पनि तीन सयका दरले रकम उठाएको पाईएको छ। संस्थाले कार्यालय राखेको घरको भाडासमेत नदिएर भागेको घर मालिक हंश थापाले बताए। मासिक १० हजार दिने गरी सम्झौता भएकोमा तीन महिनाको मात्र भाडा दिएको र ६ महिनाको नदिएरै भागेको उनले सुनाए।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बाजुरामा काम गर्न अनुमति माग्न जिल्ला प्रशासनमा आए पनि आफूले अनुमति नै नदिएको जानकारी दिए। पछि जिल्ला समन्वय समितिबाट अनुमति लिएको बुझिएको बरालले जानकारी दिए। अध्यक्ष देबकोटा आफू सुर्खेत प्रहरीको नियन्त्रणमा रहेको भन्दै फोनमा धेरै बोल्न मानेनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।