विराटनगर- राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरी खड्काले नेपालको स्ट्राइकिङ लाईन दक्षिण एसियाकै सबै भन्दा उत्कृष्ट रहेको दाबी गरेका छन् । शनिबार बंगलादेशविरुद्व हुने खेलको पूर्वसन्ध्यामा बोल्दै प्रशिक्षक खड्काले नेपालको स्ट्राइकिङ लाईन दक्षिण एसियाकै उत्कृष्ट रहेको बताएका हुन् ।
‘स्ट्राइकरले आफ्नो क्षमता अनुसार मात्र खेलेमा टोलीलाई पुग्ने छ । र हामीले सजह जित निकाल्ने छौ ।’ मुख्य प्रशिक्षक खड्काल भने, ‘टिम सन्तुलित पाएको छु । मैदानमा र बेन्चमा बस्ने सबै खेलाडी उत्तिकै अब्बल छन् ।’
उनले बंगलादेशविरुद्व जितका लागि आक्रमक फुटबल खेल्दै क्लिनचिट लियर समूह चराण पुरा गर्ने बताए । प्रशिक्षक खड्काले बंगलादेशविरुद्धको खेलका लागि तयारी पुरा भइसकेको समेत जानकारी दिए ।
‘बंगलादेशविरुद्व जितको लागि खेल्नेछौ । हामी अट्याकिङ र अलाउट फुटबल खेल्छौ । समूह चरणमा क्लिचिट लिँदै समूहको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछौ ।’ मुख्य प्रशिक्षक खड्काले भने, ‘बंगलादेश महिल फुटबलमा उदाउँदो राष्ट्र हो । दक्षिण एसियामा नेपाल, बंगलादेश र भारत शक्तिीशाली राष्ट्र हुन् । नेपालले आफुलाई स्थापित गरि सकेको छ ।’
उनले थपे, ‘त्यसैले बंगलादेशविरुद्वको रणनिती तयार पारि सकेको छु । बंगलादेशले भुटानसँग खेल्दा उसको बलियो र कमजोर पक्ष पत्ता लगाएका छौ । आफ्नो आक्रमक फुटबलसँगै उसको कमजोर पक्षमा हाम्रो बलियो पक्ष देखाउँदै सहज जित निकाल्छौ ।’ प्रशिक्षक खड्काले बंगलादेशविरुद्वको खेलमा एक वा दुई परिर्वतन हुन सक्ने बताएका छन् ।
नेपाली टिमकी कप्तान निरु थापाले बंगलादेशविरुद्व सुधारिएको प्रर्दशन गर्ने बताईन् । टिम सबै पक्षमा उत्कृष्ट रहेको बताउँदै उनले प्रशिक्षकको निर्देशनलाई बंगलादेशविरुद्वको खेलमा उतार्ने दाबी गरिन् ।
सधैजसो बंगलादेशमाथि हाबी देखिएको नेपालले पछिल्लो भेटमा भने १-१ को बराबरी खेलेको थियो । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिक छनोटको पहिलो चरणमा दुबै टोलीले बराबरी खेलेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४