बिहीबार, वैशाख १३, २०८१

आजका अखबार : प्रचण्डको हत्या गर्ने विप्लवको धम्की !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

आजको अन्नपूर्ण पोस्ट्ले विप्लवले आफ्नो हत्या गर्ने षडयन्त्र गरेको भनि प्रचण्डले नै खुलासा गरेकाे विषयलाई मुख्य समाचार बनाएको छ । योङ कम्युनिस्ट लिगले आयोजना गरेको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले विप्लव समुह आफूलाई मार्ने योजना बनाएर बसेको बताएका हुन् । 

उनले कार्यक्रममा भनेका छन्– ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे। टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सूचना दिइयो,’ प्रचण्डले भने, ‘के भएको होला साथीहरूलाई ? मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो र ? ’ समाचारमा जनाइएको  छ।  

यस्तै आजको अन्नपूर्ण पोस्ट्ले बोइङ ७३७ म्याक्सले विश्वभर रहेका आफ्ना ३७१ वटा जहाज ग्राउन्डेड गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ । एक वर्षमा एकै खालका दुई घातक हवाई दुर्घटनापछि विभिन्न देशले यो जहाज उडानमा प्रतिबन्ध लगाएका थिए। त्यसपछि कम्पनी स्वयमले सबै जहाज ग्राउन्डेड गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ ।

आजको कान्तिपुर दैनिकले भने सामाजिक सुरक्षा कार्यक्रममा समेटिन रोजगारदाता कम्पनीहरु हिचकिचाएको विषयलाई मुख्य समाचार बनाएको छ । 

मुलुकभर ९ लाखभन्दा बढी रोजगारदाता (प्रतिष्ठानस्तरका) रहेकामा कार्यक्रम घोषणा भएको करिब ४ महिना पुग्न लाग्दा २१ सय हाराहारी मात्र सहभागी भएका छन् । सरकार, रोजगारदाता र ट्रेड युनियनबीचको सहमतिमा गत मंसिर ११ मा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको थियो । असल श्रम सम्बन्ध बनाउन ल्याइएको कार्यक्रममा रोजगारदाताको सहभागिता निकै न्यून रहेको समाचारमा जनाइएको छ । 

सरकारले प्रतिबन्ध लगाए पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले आफ्नो उग्र गतिबिधि नरोकेको विषयलाई पनि कान्तिपुरले प्राथमिकताका पारेको  छ। विप्लव समुहले बिहीबार नेपाल बन्द गर्दै ठाउँ ठाउँमा बम राखेको नागरिकलाई त्रसित बनायो भने कैलालीमा विवाहको गाडीमा आगजनी गरेको छ ।  

आजको नागरिक दैनिकले राष्ट्रिय सभामा महासचिवको स्विकृतिबिनै दुई करोडको खरिद र भुक्तानि गरिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको दबाबमा महासचिवको ठाउँमा राष्ट्रियसभाका सचिवलाई स्वीकृत गर्न लगाएर लेखा शाखाबाट फागुन २३ गते रकम निकासा गरिएको समाचारमा उल्लेख छ । 

यस्तै नागरिकले स्वदेशी उत्पादनलाई संरक्षण गर्न चाहेको वस्तुको आयात रोक्न सक्नेगरी सरकारले कानुन बनाउन लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

सरकारले तयार पारेको सेफगाड्र्स, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी सामान आयातमा पूर्ण वा आंशिक रुपमा रोक लगाउन सक्ने प्रावधान समेटिएको समाचारमा उल्लेख छ । 

आजको नयाँ पत्रिकाले अबैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजका ५० विद्यार्थी फेल शीर्षकमा मुख्य समाचार छापेको छ ।

थप ९० हजार नदिए परिक्षामा बस्न दिने धम्की दिएको कलेजविरुद्ध उजुरी गर्न विद्यार्थी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । प्रशासनको आदेश पछि कलेजले परिक्षामा त बस्न दियो तर अबैध रकम नतिर्नेहरुलाई फेल गराइदिएको समाचारमा जनाइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।