बुधबार, वैशाख १२, २०८१

त्रिशूली-३ ‘बी’ को शेयर निष्कासन स्वीकृती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल धितोपत्र बोर्डले ३७ मेगावाटको त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनाका लागि शेयर निष्कासन गर्न अनुमति दिएको छ। बिहीबार बोर्डले उक्त अनुमति दिएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जनाएका हुन्।

उनका अनुसार बोर्डले ३७ मेगावाटको त्रिशूली- ३ ‘बी’ जलविद्युत आयोजनाका लागि शेयर निष्कासन गर्न अनुमति दिएको हो।  आयोजना निर्माणकर्ता त्रिशूली जलविद्युत कम्पनी लिमिटेडलाई शेयर निष्कासनको अनुमति दिइएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले अघि बढाएको जनताको जलविद्युत कार्यक्रमअन्तर्गत पहिलो चरणमा उक्त आयोजनाको शेयर जनतालाई दिन लागिएको छ। प्रधानमन्त्री केपी ओली र ऊर्जा मन्त्री वर्षमान पुनले फागुन दुई गते संयुक्त  रूपमा कार्यक्रम शुभारम्भ गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्