शनिबार, वैशाख ८, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज फागुन ३० गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

कर छलीमा पक्राउ परेका व्यापारी आइसीयुमा

अवैधरुपमा किटनाशक औषधि उद्योग संचालन गर्दै कर छलीको अभियोगमा पक्राउ परेका व्यापारी श्याम तुल्स्यान अस्पताल भर्ना भएका छन्। जिल्ला प्रशासन कार्यालय, पर्साले अवैधरुपमा किटनाशक औषधी उत्पादन गरेको र कर छली गरेको आरोपमा किसान एग्रो केमिकल्स उद्योगमा मंगलबार छापामारी उद्योग संचालक तुल्स्यानलाई नियन्त्रणमा लिएको थियो।  

विप्लवलाई सरकारको आदेश ३५ भित्र सबै अवैध हतियार बुझाऊ

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा तथा सर्वसाधारणलाई आफूसँग भएका अवैध हतियार बुझाउन आह्वान गरेको छ। बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको जानकारी दिए।

५९ हजार कर्मचारी समायोजन

सरकारले समायोजन रोजेका ५९ हजार सात कर्मचारीलाई समायोजन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन महाशाखा प्रमुख केदार पनेरुले अहिलेसम्म ५९ हजार सात कर्मचारीलाई समायोजन गरिएको जानकारी गराए। उनका अनुसार सङ्घमा ३८ हजार ५०९, प्रदेशमा नौ हजार ५६२ र स्थानीय तहमा नौ हजार ४५९ कर्मचारी र फाजिलमा एक हजार ४०७ कर्मचारीलाई समायोजन गरिएको छ।

टेन्डर रद्द गर्न प्रधानमन्त्रीलाई महानगरको पत्र

ललितपुर महानगरपालिकाले पाटनको देगु तलेजु मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागले गरेको टेन्डर तत्काल रद्द गराउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेको छ।

बेरोजगार युवालाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ। सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन्। 

प्रचण्डको खुलासा – विप्लव मलाई मार्ने योजना बनाउँदै छन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वको नेकपाले आफूलाई पहिलो चरणमा मार्ने योजना बनाएको सूचना आफूलाई प्राप्त भएको खुलासा गरेका छन्। बिहीबार शहीद तथा बेपत्ता योद्धाहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रण्डले विप्लव नेतृत्वको नेकपाले आफूलाई नै पहिलो चरणमा मार्ने टिम परिचालन गरेको जानकारी सरकारले गराएको उल्लेख गर्दै उनीहरुको गतिविधि देखेर आफूलाई दया जागेर आएको प्रतिक्रिया दिएका हुन्।

निर्मला हत्या प्रकरण : ६ प्रहरी धराैटीमा रिहा

कञ्चनपुर जिल्ला अदालतले निर्मला पन्त हत्याकान्डमा प्रमाण नष्ट र यातना विरुद्ध परेको मुद्दामा प्रतिवादी ६ जनालाई तारेखमा रिहा गर्न आदेश दिएको छ। बिहीबार जिल्ला अदालतमा भएको थुनछेक बहसमा जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल ईजलासले धरौटीमा उनीहरुलाई छोडी अनुसन्धान गर्न आदेश दिएको हो।

सरकार भन्छ - विप्लवले हामीलाई धाेका दियाे

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्र विक्रम चन्द विप्लव संगठित अपराधिक तत्व भएकोले उसका गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताएका छन्। मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, 'पार्टीलाई नभई गतिविधिलाई प्रतिबन्ध लगाइएको हो।' 

इलामको माइपोखरीमा आगलागी

इलामको माइपोखरी नजिक आगलागी भएको छ। सन्दकपुर गाउँपालिकास्थित माइपोखरी नजिक रहेका घरमा आगलागी भएको हो। आगलागीमा परी ४ घर जलेर नष्ट भएका छन्। 

शुक्रबार उपत्यकामा सडक डिस्टर्ब हुने भन्दै बैकल्पिक बाटो प्रयोग गर्न राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीको २ साता लामो मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुक्रबार समापन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा  हुने एक कार्यक्रमकाबीच यात्रा समापन हुन लागेको हो।

पूर्वराजा ज्ञानेन्द्रलाई यसरी गरियो जनकपुरमा स्वागत

मधेसको राजनीति ‘गोचक्करमा’ घुमिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह अहिले मधेस दौडाहामा छन् । ज्ञानेन्द्र झापाको दमकबाट बुधबार साँझ करिब ८ बजे जनकपुर पुगे । पूर्वराजा ज्ञानेन्द्रलाई जनकपुरको सीताशरणमा वासको व्यवस्था मिलाइएको छ ।

घटना खुलासा नहुँदै दर्पन पुगे प्रहरी खोरमा

बझाङमा व्यक्ति हत्या घटना सार्वजनिक नहुँदै हत्यामा संलग्न अभियुक्त प्रहरी हिरासतमा परेका छन्। घटनापश्चात् अभियुक्तले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिएनन्। उनले मदिरा सेवन गरि बजारमा होहल्ला गर्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। 

मिथिला मध्यमा परिक्रमामा सिलिन्डर विष्फाेट

बेलुनमा भर्ने ग्यास सिलिन्डर विष्फोट हुँदा मिथिला मध्यमा परिक्रमामा सहभागी २ जना घाइते भएका छन्। घाइते हुनेमा महोत्तरी औरही नगरपालिका बस्ने अन्दाजी ४० वर्षका खेलौना व्यवसायी उपेन्द्र कापड र गौशाला नगरपालिका बस्ने ५१ वर्षीय अविरुद्धिन चुरेटे रहेको प्रहरीले जनाएको छ। १५ दिने मिथिला मध्यमा परिक्रमा महोत्तरीको कञ्चनवनबाट धनुषाको पर्वतातर्फ हिँड्नै लाग्दा बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट भएको बताइएको छ।

प्रचण्ड निवासमा भेला  हुने नेताहरूलाई ओलीले बालुवाटार किन डाके 

खुमलटारस्थित प्रचण्ड निवासमा बुधबार नेताहरु भेला भएर नेकपा विप्लवको  गतिविधिमाथि प्रतिबन्ध लगाएको विषयमा अलग्गै छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसहित पाँच नेतालाई बालुवाटार बोलाएर असन्तुष्टि पोखेका छन् ।

यस्तो छ बादल-विप्लव दाेस्ती र दुस्मनीको नालीबेली

रामबहादुर थापा 'बादल' नेकपाको शक्तिशाली सरकारका प्रभावशाली गृहमन्त्री छन् यतिबेला । उनकै प्रस्तावमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ ।

नयाँ रणनीति तय गर्दै सिके राउत : डाके राष्ट्रिय परिषद् बैठक

सरकारसँग ११ बुँदे सहमति गरेर मौन बसेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले नयाँ रणनीति तय गर्ने तयारीमा जुटेका छन् । त्यसका लागि उनले रािष्ट्रय परिषद् बैठक बोलाएका छन् । गठबन्धनले केन्द्रीय समितिलाई राष्ट्रिय परिषद्को नाम दिएको हो ।

कैलालीका दुई स्थानमा भेटियो शंकास्पद वस्तु 

कैलालीका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ। 

सरकारको निर्णयपछि विप्लवविरुद्ध प्रहरी ‘एक्सन’ मा

सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएसँगै सुरक्षा निकायले उसका गतिविधिमाथि निगरानी बढाएको छ ।

मन्त्री पण्डित भन्छन्- 'विप्लवविरुद्ध सरकार अझै आक्रामक बन्छ'

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेत्रविक्रम चन्द विप्लव शान्तिपूर्ण बाटोमा नआए सरकार अझै आक्रामक बन्ने चेतावनी दिएका छन् ।

विप्लव समुहले कैलालीमा जलायो बस 

नेपाल बन्दको आवह्वान गरेको नेत्रविक्रम चन्द विप्लव समुहले ठाउँ ठाउँमा आगजनीसमेत गरेको छ । विप्लवका कार्यकर्ताहरुले कैलालीमा आज बिहानै एउटा बसमा आगजनी गरेका हुन् ।

बन्दसँगै ठाउँ ठाउँमा बम : स्थानीय त्रसित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहले बन्दसँगै ठाउँ ठाउँमा बम राखेर स्थानीयलाई त्रसित बनाएको छ । 

फेसबुकमा देखियो अहिलेसम्मकै ठूलो समस्या, कारण के हाे ?

सामाजिक सञ्जाल फेसबुकमा अहिलेसम्मकै सबैभन्दा ठूलो समस्या देखा परेको  छ। यो समस्या फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब रहेको जनाइएको छ । 

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

इंग्लिस प्रिमियरलिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलका अन्तिम १६ को दोस्रो लेगमा बार्यन म्युनिखलाई ३-१ ले पराजति गर्दै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

साहित्यकार गोपर्माको निधन

 साहित्यकार पासाङ गोपर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। तत्कालीन राष्ट्रिय पञ्चायतका  उपाध्यक्ष एवम् तत्कालीन गाउँ फर्क राष्ट्रिय अभियानका अध्यक्ष गोपर्मा विगत सात वर्षदेखि मुटु र मधुमेह रोगबाट पीडित थिए।

के ‘द म्यान फ्रम काठमाडौं’ले दर्शकको मन जित्ला

नेपाली निर्माताले निर्माण गरेको अंग्रेजी सिनेमा ‘द म्यान फ्रम काठमाडौं’ शुक्रबार ‘जानी नजानी’ र ‘पुरानो बुलेट’सँग भिड्ने भएको छ। 

तनावकाबीच भारत र पाकिस्तान बैठक सुरु

भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा बिहीबार सुरु भएको छ। करतारपुर करिडोरको खाकालाई अन्तिम रुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको पहिलो बैठक सुरु भएको हो। वार्ता सुरु भएको ठाउँ दुबै देशको सिमानामा पर्दछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।