बिहीबार, वैशाख ६, २०८१

कर छलीमा पक्राउ परेका व्यापारी आइसीयुमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज - अवैधरुपमा किटनाशक औषधि उद्योग संचालन गर्दै कर छलीको अभियोगमा पक्राउ परेका व्यापारी श्याम तुल्स्यान अस्पताल भर्ना भएका छन्। जिल्ला प्रशासन कार्यालय, पर्साले अवैधरुपमा किटनाशक औषधी उत्पादन गरेको र कर छली गरेको आरोपमा किसान एग्रो केमिकल्स उद्योगमा मंगलबार छापामारी उद्योग संचालक तुल्स्यानलाई नियन्त्रणमा लिएको थियो।  

बुधबार जिल्ला अदालतले तुल्स्यानविरुद्ध अनुसन्धानको लागि एक साता प्रहरी हिरासतमा राख्न आदेश दिएपछि स्वास्थ्यमा गडबडीको कारण देखाउँदै उनी अस्पताल भर्ना भएका हुन्। नारायणी अस्पतालमा उपचारको लागि लगिएका तुल्स्यानलाई आइसीयु कक्षमा राखेर उपचार गर्नुपर्ने भएपनि अस्पतालमा आइसीयु कक्षमा शैय्या खाली नभएको भन्दै चिकित्सकले अन्यत्र लैजान सिफारिस गरेपछि उनलाई वीरगंज हेल्थ केयर अस्पतालमा प्रहरीले भर्ना गराएको छ । तुल्स्यानले प्रहरी निगरानीमा अस्पतालमा आराम गरिरहेका श्रोतले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले तुल्स्यानविरुद्ध विभिन्न निकायले अनुसन्धान गरिरहेको जानकारी दिए। अवैधरुपमा उद्योग संचालनको विषयमा जिल्ला प्रहरी कार्यालय र कर छलीको विषयमा आन्तरिक राजश्व कार्यालयले अनुसन्धान गरिरहेको छ। वीरगंज महानगरपालिका वडा नम्बर ३ स्थित उद्योगले अवैधरुपमा किटनाशक औषधि उत्पादन गरेको दाबी गर्दै स्थानीय प्रशासनले शिलबन्दीसमेत गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उज्जवल बहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले मंगलबार छापामारी उद्योगमा शिलबन्दी गरेको हो।

वाणिज्य कार्यालय पर्साका प्रमुख ओमनारायण शर्माले उद्योगले म्याद गुज्रिएको विदेशी किटनाशक औषधिलाई पुनः प्याकिङ गरेर नयाँ मिति उल्लेख गर्दै बजारमा बिक्री वितरण गरेको गुनासो आएको बताए। अनुगमन टोलीले उद्योगबाट विभिन्न प्रकारको रसायन तथा तयारी उत्पादन परिक्षणको लागि नमूना समेत संकलन गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।