शनिबार, वैशाख ८, २०८१

७५ हजार घुससहित जेलर शाखा अधिकृत अधिकारी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मकवानपुर जिल्ला कारागार कार्यालय, भीमफेदीका जेलर शाखा अधिकृत मदन अधिकारीलाई ७५ हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको छ। हेटौडाबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले उनलाई नियन्त्रणमा लिएको हो।

शाखा अधिकृत अधिकारीले उक्त कारागारमा  कैदी जीवन बिताइरहेका लागु औषध मुद्दाका कैदीसँग रकम माग गरेको र नदिए अन्य कारागारमा सरुवा गरिदिने डर धम्कि देखाई घुस लिएको आयोगको भनाइ छ। सूचना तथा उजुरीको आधारमा उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

उनलाई कानून बमोजिम ७५ हजार रुपैयाँ विगो कायम गरी सजायको लागि मागदावी गर्दै बिहीबार अयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको उपसचिव मदन कोइरालाले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्