शनिबार, वैशाख ८, २०८१

सरकार भन्छ - विप्लवले हामीलाई धाेका दियाे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्र विक्रम चन्द विप्लव संगठित अपराधिक तत्व भएकोले उसका गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताएका छन्। मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, 'पार्टीलाई नभई गतिविधिलाई प्रतिबन्ध लगाइएको हो।' सकरात्मक रुपमा मागहरु राख्ने व्यवस्था हुँदा हुँदै विप्लव समूहले देखाएको प्रवृत्तिका कारण उसलाई प्रतिबन्ध लगाउनु परेको मन्त्री बाँस्कोटाले बताए। सरकारले असन्तुष्ट समूहसँग वार्ताका लागि  सोम पाण्डेको नेतृत्वमा वार्ता टोलीसमेत बनाएको बताउँदै उनले शान्तिपूर्ण वार्तामा आउनुको साटो हिंसात्मक गतिविधिमा संलग्न भएकोले सरकारले बाध्य भएर प्रतिबन्ध लगाउनु परेको बताए।

मन्त्री बाँस्कोटाले विप्लव समूह बाचामा पक्का नभएको आरोपसमेत लगाए। उनका मागहरु पुरा गर्दासमेत उनले सरकारलाई धोका दिएको उनले बताए। 'सरकारले वार्ताका सत प्रयास गर्‍यो। उहाँहरुका कतिपय कार्यकर्ताहरु रिहा भयो भने, छुट्छन भने, मुद्दामामिला हुँदैन भने भन्नुभो तर ति सबै भए। बचनको पक्का उहाँहरु भए? हुनुभएन।' उनले भने. 'उहाँहरुको धारणा र दृष्टिकोण बुझ्ने हो भने उनीहरुको माग मूलधारको राजनीतिसँग सम्बन्धित छैनन्। उहाँको आफ्नो कुनै अभिष्ट देखिन्छ।' 

मन्त्री बाँस्कोटाले विप्लवमाथि प्रचलित कानुनअनुसार नै प्रतिबन्ध लगाएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।