शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शुक्रबार उपत्यकामा सडक डिस्टर्ब हुने भन्दै बैकल्पिक बाटो प्रयोग गर्न राप्रपाको आग्रह

शुक्रबार उपत्यकामा सडक डिस्टर्ब हुने भन्दै बैकल्पिक बाटो प्रयोग गर्न राप्रपाको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको २ साता लामो मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुक्रबार समापन हुँदैछ। काठमाडौंको भृकुटीमण्डपमा  हुने एक कार्यक्रमकाबीच यात्रा समापन हुन लागेको हो।

समापन समारोह अघि बिहान स्वाभिमान यात्रा ललितपुरबाट सुरु हुँदै भक्तपुर पुग्ने र त्यहाँबाट पुनः काठमाडौं फर्कने राप्रपाले जानकारी दिएको छ। यात्रा गत फागुन १५ गते ताप्लेजुङ्बाट सुरु भएको थियो।

यसैबीच राप्रपाले  मेची महकाली अभियानको शुक्रबार राजधानीमा समापन हुने कार्यक्रममा केही सडकहरु डिस्टर्ब हुने भन्दै त्यस दिनका लागि बैकल्पिक राजमार्ग प्रयोग गर्न आग्रह गरेको छ। सो पार्टीका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार एक बिज्ञप्ति  प्रकाशित गर्दै यस्तो आग्रह गरेका हुन् । 

चैत्र १ गते विहान ७ः३० बजेबाट नै लावालस्कर स्वाभिमान यात्रा ललितपुरबाट प्रारम्भ भई भक्तपुर पुग्नेछ। यात्रा भक्तपुरबाट काठमाण्डौ फर्केर शहरका विभिन्न स्थान हुँदै डिल्लीबजारमा हुने कलश यात्रा सहित भृृकुटिमण्डपमा आमसभामा परिणत हुनेछ। यात्रा सञ्चालन हुने देहायका रुटहरुमा केही समय सवारी आवागमनमा बाधा उत्पन्न हुन सक्ने भएकाले सो पार्टीले क्षमा याचना गर्दै वैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरेको छ। 

शुक्रबार बिहान ७ः३० बजे जावलाखेलबाट कुमारीपाटी–लगनखेल–सातदोबाटो–ग्वार्को– कोटेश्वर–जडिबुटी – लोकन्थली – गठ्ठाघर – पुरानोबाटो गठ्ठाघर व्यारेक – पुरानो ठिमी–सल्लाघारी – नगरकोट जाने बाटो हुँदै व्यासी – कमलविनायक – च्यामासिंह – जगाती–सुर्यविनायक चोक – सल्लाघारी – नयाँठिमी – गठ्ठाघर – लोकन्थली – जडिबुटी – कोटेश्वर–तिनकुने– सिनामंगल – पुरानोवानेश्वर – मैतीदेवी– डिल्लीबजार–पुतलीसडक–बागबजार–रत्नपार्क–विद्युत प्राधिकरण हुँदै प्रदश नीमार्ग, भृकुटिमण्डपमा आएर आम सभामा परिणत हुने सो पार्टीले जनाएको छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।