बिहीबार, वैशाख १३, २०८१

पूर्वराजा ज्ञानेन्द्रलाई यसरी गरियो जनकपुरमा स्वागत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - मधेसको राजनीति ‘गोचक्करमा’ घुमिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह अहिले मधेस दौडाहामा छन् । ज्ञानेन्द्र झापाको दमकबाट बुधबार साँझ करिब ८ बजे जनकपुर पुगे । पूर्वराजा ज्ञानेन्द्रलाई जनकपुरको सीताशरणमा वासको व्यवस्था मिलाइएको छ ।

निजी गाडीबाट जनकपुर पुगेका पूर्वराजा शाह बाटोमै छँदा उनका समर्थकहरु होटल सीताशरणमा लाम लागेर उभिरहेका थिए । पूर्व भइसके पनि उनीहरु ‘सरकार’ आइरहेको भन्दै स्वागत गर्न आतुर देखिन्थे । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न लाम बसेकामध्ये कांग्रेस, राजपाका पूर्व नेताहरुसमेत थिए । यद्यपि ज्ञानेन्द्र बसेको होटलमा उनका समर्थकबाहेक अन्य सर्वसाधारण पुगेका थिएनन्।

ज्ञानेन्द्रको गाडी होटल परिसर भित्र प्रवेश गरे लगत्तै उनका समर्थकहरुले ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,’ जस्ता नारा लाग्न सुरु भयो । गाडीबाट ओर्र्र्लि लगत्तै लाइनमा बसेका उनका समर्थकहरु मध्ये कतिपयले पूर्वराजा ज्ञानेन्द्रलाई माला लगाएर स्वागत गरे भने कतिपयले उपहारस्वरुप ‘बुकी’ थमाए । तर ज्ञानेन्द्र भने आफ्ना समर्थकहरुसँग केही नबोली सरासर होटलभित्र प्रवेश गरे।

पूर्वराजा ज्ञानेन्द्रको जनकपुर केन्द्र बनाएर मधेसका तीन जिल्ला पुग्ने कार्यक्रम तय भएको छ । बिहीबार उनी सर्लाहीको मलंगवा पुगेका छन् । मलंगवास्थित दुर्गा मन्दिरमा उनको पूजापाठ गर्ने कार्यक्रम रहेको स्वकीय सचिव सागर तिमल्सिनाले बताए।

मलंगवाबाट साँझ पुनः जनकपुर फर्केर पूर्वराजा ज्ञानेन्द्रको शुक्रबार अपराह्न ४ बजे जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ । जानकी मन्दिरमा पूजा गर्नुअघि शुक्रबार उनले आफ्ना समर्थकहरुसँग भेटघाट गर्ने बताइएको छ ।

यसैगरी शनिबार ज्ञानेन्द्र उदयपुरको गाईघाट पुग्ने कार्यक्रम रहेको बताइएको छ । गाईघाट पुगेर उनले राधाकृष्ण मन्दिरमा पूजापाठ गर्नेछन् । शनिबार जनकपुर फर्केर आइतबार ज्ञानेन्द्रको सप्तरीस्थित सखडा भगवती मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्रको मधेस यात्रालाई धार्मिक भ्रमण बताइए पनि मधेसको राजनीति नयाँ मोड लिइरहेको बेला उनको यस भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।