शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड निवासमा भेला  हुने नेताहरूलाई ओलीले बालुवाटार किन डाके 

प्रचण्ड निवासमा भेला  हुने नेताहरूलाई ओलीले बालुवाटार किन डाके 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं : खुमलटारस्थित प्रचण्ड निवासमा बुधबार नेताहरु भेला भएर नेकपा विप्लवको  गतिविधिमाथि प्रतिबन्ध लगाएको विषयमा अलग्गै छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसहित पाँच नेतालाई बालुवाटार बोलाएर असन्तुष्टि पोखेका छन् ।

बिहीबार बिहान बालुुवाटारमा बोलाएर प्रधानमन्त्रीले पार्टीका शीर्ष नेताहरुसँग असन्तुष्टि जनाएको स्रोतले बतायो। प्रधानमन्त्री ओलीले सरकारलाई कमजोर बनाउने खालको छलफल नगर्नसमेत नेताहरुलाई आग्रह गरेको एक नेताले नेपाल समयलाई बताए। प्रधानमन्त्री ओलीले पार्टीका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई बोलाएका थिए। उनीहरूले बुधबार प्रचण्ड निवास भैंसीपाटीमा प्रधानमन्त्री ओलीले संस्थागत रूपमा चल्न नखोजको, विप्लवमाथिको प्रतिबन्धमा पार्टीसँग कुनै परामर्श नगरेको भन्दै असन्तुष्टि जनाएका थिए।

छलफलमा सहभागी नेताहरुले पार्टीका सबै निर्णय संस्थागत रुपमा अगाडि बढाउनुपर्ने, स्थायी समिति तथा केन्द्रीय समितिमा छलफल गर्नुपर्ने भन्दै त्यसो नभएको गुनासो गरेको एक नेताले बताए।प्रधानमन्त्री ओलीले महत्त्वपूर्ण विषयमा पार्टीमा छलफल नगरेको भन्दै यसअघिदेखि नै पार्टीमा असन्तुष्टि बढ्दै गएको छ। सरकारले सिके राउतसँग गरेको सहमतिलाई लिएर समेत नेताहरु विभाजित छन् । पछिल्लो चरणमा ओलीको गतिविधि एकलौटी भएको भन्दै पार्टीमा प्रचण्डसहित सचिवालयको बहुमत सदस्य असन्तुष्ट छन् ।

सिके राउतसँगको नाटकीय सम्झौता र विप्लपमाथि अचानक लगाइएको प्रतिबन्धले नेकपाको आन्तरिक राजनीतिक तातिएको छ। पार्टीभित्र पर्याप्त छलफल नगरीकन हतारमा गरिएको भन्दै असन्तुष्टी मात्र होइन, विरोध भएको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।