शुक्रबार, वैशाख ७, २०८१

यस्तो छ बादल-विप्लव दाेस्ती र दुस्मनीको नालीबेली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- रामबहादुर थापा 'बादल' नेकपाको शक्तिशाली सरकारका प्रभावशाली गृहमन्त्री छन् यतिबेला । उनकै प्रस्तावमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ ।

कुनै बेलाका यी दुई राजनीतिक सहकर्मीमध्ये बादल विप्लव समूहलाई राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाएर भियना उडेका छन् भने विप्लव सुरक्षा निकायको उच्च निगरानीमा छन् । मुलुकमा सामन्तवाद अन्त्य गर्दै गणतन्त्र स्थापना गर्ने लक्ष्यका साथ कुनै बेला एउटै मोर्चामा आबद्ध भएर युद्ध लडेका यी दुई नेता अहिले एउटाले पाए अर्कोलाई सक्ने रणनीतिमा पुगेको देखिएको छ । 

विध्वंसात्मक गतिविधि गरेको आरोप लगाउँदै सरकारले विप्लव नेकपाको गतिविधिमा रोक लगाएको छ । नेकपाले भने सरकारले तानाशाही प्रवृत्ति देखाएको भन्दै आवश्यक परे प्रतिकार गर्ने चेतावनी दिएको छ ।

यस्तो थियो बादल-विप्लव सम्बन्ध

२०५२ सालमा तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा नेत्रविक्रम चन्द विप्लव अखिल क्रान्तिकारीका उपाध्यक्ष थिए भने रामबहादुर थापा पार्टीका पोलिटब्युरो सदस्य । जनयुद्ध आरम्भका बेला कर्णालीमा माओवादी संगठन थिएन । अनि पार्टीले विप्लवलाई कर्णालीमा इन्चार्ज बनाएर पठायो । विप्लव नेतृत्वमा ठूलाठूला फौजी कारबाही सफल भयो ।

विप्लवले खड्गबहादुर विश्वकर्मालाई साथ लिएर कर्णालीमा संगठन विस्तार गरे । पार्टीभित्र एकाएक विप्लवको लोकप्रियता बढ्यो । ०५६/५७ सालपछि पार्टीले यिनलाई पार्टीले केन्द्रीय समितिमा ल्यायो । त्यसपछि कैयन् मोर्चामा मात्र हैन, फौजी रणनीति बनाउन पनि यी दुवै नेता सँगसँगै रहे ।

बादल केही समय सांस्कृतिक कारबाहीमा परे । उनी जनयुद्ध उत्कर्षमा पुग्दा प्रचण्डपथका कार्यान्वयनकर्ताका रूपमा थिए । शान्ति प्रक्रियामा आएपछि पनि यी दुईको सहकार्य जारी नै रह्यो । २०६८ साल पुग्दा विप्लव नेकपा माओवादीका सचिव बने भने बादल महासचिव । दुवैको यति हार्दिकतापूर्ण सम्बन्ध थियो कि भातभान्छासमेत सधैं एउटै हुन्थ्यो ।

२०६९ असार ३ गते विप्लव, बादल, वैद्य तत्कालीन प्रचण्ड नेतृत्वको माओवादीबाट अलग्गिएर नेकपा–माओवादी बनाए । सोही वर्ष पुस अन्तिममा पार्टीको सातौं महाधिवेशन भयो । वैद्य अध्यक्ष र थापा महासचिव भए । यो समूहले २०७० को संविधानसभा निर्वाचन बहिष्कार गर्‍यो । यसका मुख्य योजनाकार विप्लव थिए । विप्लव चुनाव ध्वस्त पार्ने अभियानमा जुटेका थिए भने बादल, देव गुरुङ, पम्फा भुसाललगायत प्रचण्डलाई हराउनमा मात्र सक्रिय भए । यही बेलादेखि यी दुई नेताबीच वैचारिक रूपमा भिन्नता रहेको जानकारहरु बताउँछन् ।

२०७१ मंसिरमा नेकपा–माओवादी विभाजन भयो । वैद्य र बादललाई छाडेर विप्लव र विश्वकर्माले छुट्टै पार्टी गठन गरे । पार्टीको नाम नेकपा राखेर महासचिव बने विप्लव । त्यसपछि बादल फेरि प्रचण्ड नेतृत्वकै पार्टीमा विलय भए । वैद्य नेकपा क्रान्तिकारी माओवादी गठन गरेर बसेका छन् भने विप्लव भने नेकपाका महासचिव । 

विप्लव नेतृत्वको नेकपाले राजधानीलगायत देशका विभिन्न भागमा ध्वंसात्मक गतिविधि बढाएपछि सरकार कठोर बनेको छ । यसमा प्रधानमन्त्री केपी शर्मा ओली भन्दा पनि कठोर देखिएका छन् गृहमन्त्री बादल । आफ्ना सहकर्मी विप्लवमाथि प्रतिबन्ध लगाएर बादलले केही समय शान्तिको सास फेरे पनि तिनै बादलबाट युद्धरणनीति र युद्धकला बुझेका विप्लव झन् कठोर बन्ने लक्षण उनको पार्टीले दिएको प्रतिक्रयाबाट देखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।