फाइल तस्बिर
विराटनगर- पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपमा आज (बिहिबार) भुटानले बंगलादेशको सामना गर्दै । विराटनगरस्थित सहिद रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुने छ ।
यो भुटानको दोस्रो खेल हाहे भने बंगलादेशको पहिलो खेल हो । भुटान जारी प्रतियोगितामा मात्र नभई पाँचौ साफ सम्म आइपुग्ला कुनै एक पनि खेल नजितेको इतिहास तोड्ने दाउमा रहेको छ । भुटानाले हाल सक्क साफमा एक खेल पनि जित्न सकेको छैन् ।
जारी प्रतियोगितामा समूह ए मा रहेको भुटानले प्रतियोगिताको उद्घाटन खेलका नेपालसँग ३-० गोल अन्तरले पराजित हुदै खराब सुरुवात गरेको थियो । यो खेल पनि हारे भुटा प्रतियोगिताबाट बाहिरिने छ ।
यता बैगलादेश भने पहिलो खेलमा पहिलो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्य रहने छ । यो खेल बंगलादेशले जिते समुह एबाट सेमिफाईनल पुग्ने दुई टोलीको टुङ्गो लाग्ने छ । भुटानले जिते भने तीनवटै टोलीको शीर्ष ४ मा पुग्ने सम्भावना जिवित रहने छ ।
तर पछिल्लो समय महिला फुटबलमा ठुलो सफलता आत्मसाथ गर्दै आएको बंगलादेशलाई रोक्न भुटानलाई यसैपनि गाह्रो पर्ने निश्चित छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४