बिहीबार, वैशाख १३, २०८१

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
तस्बिर : खेलपाटी
 
विराटनगर- विराटनगरमा जारी पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपमा भारतले माल्दिभ्समाथि सानदार जित निकालेको छ । शहिद रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो । सुरुवाती समयमा नै आक्रमक खेल प्रस्तुत गरेको भरातले खेलमा भएका पाँचवटा गोल पहिलो हाफमा सम्भव भएका थिए । त्यस्तै एक गोल मात्र दोस्रो हाफमा भइको थियो । 

पहिलो हाफको सुरुवाती समयमा माल्दिभ्सको कमजोर डिफेन्सको फाइदा उठादै भारतले २७ मिनेट भित्र ४ गोल गरेको थियो । त्यस्तै एक गोल पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी बक्स अगाडी पाएको फ्रि-किकमा सोझो प्रहार गर्दै भारतकी रतनबाला देबीले गोलमा परिणत गरेकी थिइन् । 

खेलको आठौं मिनेटमा ग्रेस डाङ्मीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाइन् । त्यसको पाँच मिनेट नबित्दै सन्धिया रङ्गनाथनले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् । उनले संगिता बास्फोरेको सापमा माल्दिभ्सका दुई डिफेन्डर सहित गोलरक्षक अमिनाथ लिजालाई बिट गर्दै उत्कृष्ट गोल गरिन् । २२ औं मिनेटमा इन्दुमती काथिरेसनले गोल गर्दै अग्रता तेब्बर पारिन् । उनले पेनाल्टी बक्स भित्रपाएको बललाई नियन्त्रर्णमा लिँदै गोल गरिन् । 

२७ औं मिनेटमा सन्जुले गोल गर्दै भारतलाई ४-० को अग्रता दिलाइन् । उनले डालिमा छिब्बरको पासमा गोल गरेकी हुन् । पहिलो हाफको इन्जुरी समयमा फ्रि-किकमा सोझो प्रहार गर्दै भारतकी रतनबाला देबीले गोल गर्दै पहिलो हाफमा ५-० को अग्रता दिलाइन् । खेलको अन्तिम समयमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ६-० ले जित दिलाइन् । 

भारतको आक्रमक रणनिती अगाडी निरही देखीएको माल्दिभ्सको रक्षापङ्ती निकै फितलो देखीएको थियो । दुई मिनेटमा नै पेनाल्टी क्षेत्रबाहिर पाएको फ्रि किकमा चुकको भारतले त्यसको केहि मिनेटमा पुनरागमन गरेको थियो । त्यस्तै सन्जुले दिएको लामो क्रसमा सन्धियाले गरेको प्रहार अमिनाथले बचाउ गरिन्। जारी खेलको ३२ मिनेट समय पुगे पछि पहिलो हाफमा कुलिङ्ग ब्रेक लिएको थियो । 

मैदानमा खेली रहेको अवस्थानमा मैदानको तापक्रम ३२ डिग्री भन्दा बढी पुगे पछि रेफ्रीले प्रत्यक हाफमा एक पटक कुलिङ्ग ब्रेक लिन पाउने प्रावधान छ । कुलिङ्ग ब्रेकपछि केही सुधारीएको प्रदर्शन गरेपनि माल्दिभ्सले भारतको गोल पोस्टमा कुनै मौका सृजन गर्न सकेन् । एक पटक मात्र भारतको पोस्ट नजिक बल पुर्याएको भाल्दिभ्सले अन्य समयमा डिफेन्समै सिमित भयो । 

तर, दोस्रो हाफमा गोल गर्न नसके पनि भाल्दिभ्सले भारतको आक्रमणलाई विफल पारि दियो । दोस्रो हाफमा पनि कैयौ पटक माल्दिभ्सको पोस्टमा आक्रमण गर्न प्रयास गरेपनि त्यसलाई सफल हुन दिएनन् । तर, खेलको अन्तिम समयमा पुन माल्दिभ्सको डिफेनसलाई भारते तोड्दै एक गोल गरेको थियो । अब शुक्रबार भुटान र बंगलादेशबिचको खेल हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।