बुधबार, वैशाख १२, २०८१

पूर्वराजा ज्ञानेन्द्र र सिके राउत जनकपुरमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - छुट्टै मधेश देश बनाउने पृथकतवादी आन्दोलन चलाउँदै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत अहिले जनकपुरमा छन्। सरकारसँग ११ बुँदै सम्झौता गरेका सिके २६ फागुनमा जनकपुर पुगेका हुन्।

अखण्ड र स्वाधीन नेपाललाई स्वीकार गरी सरकारसँग सम्झौता गरेका सिकेका समर्थक र कार्यकर्ताहरुले उनकै सामुत्रे जनकपुर विमानस्थलमा ‘अलग मधेश ले के रहेंगे, हमको चाहिए आजादी, नेपाली उपनिवेश मुर्दावाद’ जस्ता नारा लगाएका थिए। समर्थकहरुले नारा लगाइरहँदा राउतभने मौन थिए। कार्यकर्ताहरुलाई हात जोडेर समान्य अभिवादनमात्र उनले गरेका थिए। जनकपुर पुगेदेखि मौनतामा बसेका राउत हालसम्म केहि बोलेका छैनन्। नेपाल समयले सरकारसँग भएको सम्झौता र उनको आगामी रणनीतिबारे जानकारी पाउन पटक पटक प्रयास गरेपनि उनका निकटस्थहरुले अहिले कुरा गर्न नमिल्ने बताउँदै आएका छन्।

मुलतः अलग मधेश देशको उग्र नारा दिँदै मधेशका युवाहरुलाई अगाडि बढाएको राउत सरकारसँग भएको सम्झौतापछि मौन बसेका छन्। ११ बुँदे सम्झौताको दोस्रो बुँदामा उल्लेख गरिएको ‘जनअभिमत’ शब्दावलीलाई उनका कार्यकर्ताहरुले ‘जनमतसंग्रह’ बुझेका छन्। २६ फागुनमा राउतलाई स्वागत गर्न जनकपुर विमानस्थल पुगेका उनका समर्थकहरुले सम्झौताको दोस्रो बुँदामा जनमतको कुरा गरिएको र आफूहरुले उठाएको माग पुरा भएको एकआपसमा कुरा गरिरहेका सुनिन्थे। सरकारसँग सम्झौता गरेका राउतले पनि स्वागत गर्न विमानस्थल पुग्ने आफ्ना कार्यकर्ताहरुलाई अखण्डता, अलग मधेश देशजस्ता विखण्डनसँग जोडिएका नारा नलगाउन निर्देशन नदिँदा उनीहरुले ‘जनअभिमत’ शब्दलाई ‘जनमतसंग्रह’ बुझेका हुन्।

तर, जनकपुर विमानस्थलमा विखण्डनकारी नारा घन्किएपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई प्रष्टिकरण दिँदै हिँड्नु परेको छ। प्रधानमन्त्री र गृहमन्त्रीले सिके राउतसँग जनमतसंग्रह गर्नेबारे कुनै सम्झौता नभएको बताइसकेका छन्। यसबाहेक स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता चन्दन सिंहले पनि जनमतसंग्रहसम्बन्धी कुनै सम्झौता नभएको र यसबारे कार्यकर्ताहरुलाई विस्तारै सम्झाउँदै जाने प्रतिक्रिया दिएका छन्।

सरकारसँग भएको सम्झौतापछि मूलधारको राजनीतिमा अवतरण गरेका राउत अहिले कार्यकर्तालाई कसरी ‘कन्भीन्स’ गर्ने यस विषयमा अलमलमा रहेको बताइएको छ। स्वतन्त्र मधेशको नारा त्याग गरिसकेको भनेपछि आफ्नै उग्र कार्यकर्ताको चपेटामा पर्ने संभावना एकातर्फ छ भने पुरानै गतिविधि दोह¥याए सरकारको निगरानी अझै यथावत रहनेछ, राउतमाथि। यसअघि केन्द्रीय सरकारले मात्र निगरानी गरिरहेको राउतमाथि अहिले प्रदेश सरकारले पनि उनको गतिविधिलाई नियालेर बसेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले अखण्डता विरोधी गतिविधि नगर्न दिएको संकेतले पनि यसको पुष्टि गर्दछ।

‘राजनीतिक गोलचक्कर’ बीच राजा आउँदै

आफैले उचालेको राजनीतिको दोधारमा राउत फसिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार जनकपुर पुग्दैछन्। मधेशको राजनीति पेचिलो देखिएको अवस्थामा पूर्वराजा ज्ञानेन्द्रले आफ्नो मधेश मिसन सुरु गरेका छन्। झापाको दमकमा रहेका ज्ञानेन्द्र बुधबार साँझसम्म गाडीमा जनकपुर पुग्ने उनका स्वकीय सचिव सागर तिमल्सिनाले नेपाल समयलाई जानकारी दिए। ‘दमकको कार्यक्रम सकाएर बुधबार साँझसम्म जनकपुर पुग्ने कार्यक्रम रहेको छ,’ तिमल्सिनाले भने,‘जनकपुर केन्द्र बनाएर मधेशका अन्य जिल्ला पुग्ने पूर्वराजा शाहको कार्यक्रम तय भएको छ।’

जनकपुरमा पूर्वराजा सीताशरण होटलमा बस्ने छन्। बुधबार राती विश्राम गरेर उनको बिहीबार सर्लाहीको मलंगवा पुग्ने कार्यक्रम छ। पूर्वराजा शाहले त्यहाँ दुर्गा मन्दिरमा पूजापाठ गर्ने बताइएको छ। मलंगवाबाट फर्केर उनी पुनः जनकपुर नै आउने र १ चैतमा जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको स्वकीय सचिव तिमल्सिनाले जानकारी दिए। जनकपुरबाटै पूर्वराजा शाहको २ चैतमा उदयपुरको गाइघाट पुगेर राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ। गाइघाटबाट पुनः जनकपुर फर्केर ३ चैतमा उनको सप्तरीको सखडा भगवतीमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको तिमल्सिनाले बताए।

पूर्वराजा शाहका स्वकीय सचिव भ्रमणका क्रममा उनले विभित्र मठमन्दिर पुगेर पूजापाठ गर्नुका साथै आफ्ना समर्थकहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएका छन्। राजा जनकपुर आउने भएपछि उनका समर्थकहरु स्वागतको तयारीमा जुटेका छन्। उनका कतिपय समर्थकहरु पोस्टर बनाएर प्रचारप्रसारमा जुटेका छन्। यता पूर्वराजा जनकपुर आउने भएपछि उनको सुरक्षाका लागि आवश्यक सम्पूर्ण तयारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

पूर्वराजा जनकपुर आइसकेपछि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलाई निर्देशन दिइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।

पूर्वराजा शाहको यसअघि २२ फागुनबाट मधेश भ्रमण गर्ने कार्यक्रम रहेपनि आमा रत्नराज्य लक्ष्मी शाहको स्वास्थ्यमा समस्या आएपछि स्थगन गरिएको थियो। रेशम चौधरीलाई जन्मकैद, राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, सिके राउतको रिहाइ र त्यसपछि ११ बुँदे सहमतिलगायतका राजनीतिक गोलचक्करमा मधेशको राजनीति फन्को हानी रहेको बेला पूर्वराजा शाहको मधेश भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।