शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विप्लवमाथिको प्रतिबन्धले बज्रपात पर्न सक्छ : देवेन्द्र पौडेल

विप्लवमाथिको प्रतिबन्धले बज्रपात पर्न सक्छ : देवेन्द्र पौडेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेत्र विक्रम चन्द ‘विप्लव’ माथि सरकारले हतारमा प्रतिबन्ध लगाएको भन्दै यसले सरकारमाथि नै बज्रपात पर्न सक्ने बताएका छन्। काठमाडौंमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्ने बताए।

'हिजोको क्याविनेटको निर्णय बारे पार्टीमा छलफल हुन बाँकी छ। म यतिमात्रै भन्न चाहन्छु की, यी समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्छ।', उनले भने, 'कुनैपनि पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्थाको सिर्जना गर्ने काम राज्य पक्षले गर्नुहुँदैन।’

सरकार लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउन भूमिका खेल्नुपर्ने बताउँदै उनले संविधानभित्र रहेर सरकारले आफ्ना कामकारबाही सञ्चालन गर्नुपर्ने बताए। राज्यले समस्याको समाधान वार्ता, संवाद तथा सहमतिकै प्रक्रियाद्वारा गर्नुपर्ने उनको भनाई छ।

कतिपय पक्षले नेपाललाई द्वन्द्वको क्रिडास्थल बनाउन खोजिरहेका आरोप लगाउँदै उनले सरकारले त्यस्ता क्रियाकलापमा गम्भीर भएर सोच्नुपर्ने बताए। प्रतिबन्ध लगाएपनि सरकारले वार्ताको ढोका बन्द नगरेको बताउँदै नेता पौडेलले विप्लव समूहलाई संयमतापूर्वक आफ्ना कुराहरु राख्न अनुरोध गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।