विराटनगर- नेपालको विराटनगरमा जारी पाँचौ संस्करण्को साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज (बुधबार) डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्सको सामना गर्दै छ ।
विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुने आफ्नो पहिलो खेलमा भारतले माल्दिभ्सको सामना गर्न लागेको हो । दुबै टोली मैदान उत्रिदा प्रतियोगितामा सुखद सुरुवात गर्ने उद्देश्य रहने छ ।
चारवटै संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको भारत पाँचौ संस्कारणको पनि दाबेदारको रुपमा हेरिएको छ । माल्दिभ्सविरुद्ध मैदानमा उत्रिदा भारतका खेलाडी उच्च मनोबलमा हुनेछ ।
यता भारतलाई रोक्ने रणनीतिमा माल्दिभ्स रहेको छ । यसअघि मंगलबार भएको उद्घाटन खेलमा आयोजक नेपालले भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो ।
६ राष्ट्र सहभागि प्रतियोगितामा आयोजक नेपालसँगै भारत, बंगालदेश, श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् । समूह ए मा रहेको नेपालले मार्च १६ मा बंगालदेशसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४