बिहीबार, वैशाख ६, २०८१

विप्लवका सबै गतिविधिमा सरकारको प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमाथि प्रतिवन्ध लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको पार्टीले गर्ने सबै गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 

विप्लवको पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको सरकारको निष्कर्ष छ । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरागर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विप्लव नेतृत्वको पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न सरकार अग्रसर भएको जानकारी दिए । उनको गतिविधिले मुलुक र जनता आतंकित भएकाले यसलाई रोक्ने निर्णय सरकारले गरेको उनले बताए ।
 
सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पुर्‍याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको जनाइएको छ । उक्त समूहको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै उसको गतिविधि निषेध गर्ने निर्णय गरिएको बताइएको छ । 

मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास सफल नभएको जानकारी गराएका थिए।

उनले विप्लव समूहका पछिल्ला गतिविधि एनसेल बम काण्ड, बसुन्धरा बम काण्ड, विभिन्न क्षेत्रमा चन्दा आतंक फैलाएकाले गतिविधिलाई नियन्त्रणमा लिन सुरक्षा कारबाही गर्न सहज हुने गरी गतिविधिमा रोक लगाउन प्रस्ताव गरेका थिए।

तर मंगलबारको मन्त्रिपरिषद् बैठकमा थापा उपस्थित थिएनन। उनी अस्ट्रियाको राजधानी भियनामा हुने लागुऔषधसम्बन्धी सम्मेलनमा भाग लिन मंगलबार साँझ त्यसतर्फ गएका छन्। 

गृह मन्त्रालयले तीनवटा प्रदेशमा गरेको सुरक्षा गोष्ठीलगत्तै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो समूहलाई रोक लगाउने निर्णय गरेको छ। गृह मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको धनगढी र ५ नं. प्रदेशको भैरहवामा भएको सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले छिट्टै राज्यको स्पष्ट दृष्टिकोण आउने बताएका थिए।

मंगलबार दिउँसो प्रधानमन्त्री ओलीले हिंसा र विस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।