बिहीबार, वैशाख १३, २०८१

नासुकै प्रमाणपत्र नक्कली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - जिल्ला समन्वय समिति कैलालीका नायव सुब्बा जगदिश शाहले नक्कली शैक्षिक प्रमाण पत्र तयार गरेर जागिर खाएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहको प्रमाणपत्र तहको शैक्षिक प्रमाण पत्र नक्कली रहेको ठहर गरेको हो। नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा जागीर खाइरहेको र वढुवा समेत भएको भन्दै कारबाहीका लागि उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको पाइएको हो।

अनुसन्धानका क्रममा नायव सुब्बा जगदिशबहादुर शाहले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय ईलाहाबाद, उत्तरप्रदेश भारतबाट प्राप्त इन्टरमिडियट तहको नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी नायव सुब्बा र अधिकृत छैठौं पदमा बढुवा समेत भएर लाभ तथा सुविधा समेत लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता तथा सहसचिव रामेश्वर दंगालले जानकारी दिए।

शाहलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिएको भन्दै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय माग दाबी गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।