काठमाडौं – नन्दकुमारी उप्रेती गजल सम्मान २०७५’ बाट डा. कृष्णहरि बराल र ‘योगराज उप्रेती गजल पुरस्कार २०७५’ बाट विपिन सलामि सम्मानित भएका छन्। नेपाली गजलको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै डा बलाललाई उक्त पुरस्कार प्रदान गरिएको हो।
यस्तै सलामीको गजलकृति रानीचडालाई ‘योगराज उप्रेती गजल पुरस्कार’ प्रदान गरिएको हो। २०७४ सालमा प्रकाशित कृतिमध्येबाट उत्कृष्ट ठहर गर्दै रानीचडालाई सो पुरस्कार प्रदान गरिएको हो।
सांग्रिला बुक्सले प्रकाशन गरेको रानीचडाले यसअघि ‘जोगमाया चापागाईं गजल पुरस्कार’ समेत प्राप्त गरेको थियो।
बराल र सलामीले प्राप्त गरेको दुवै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४