शुक्रबार, वैशाख ७, २०८१

डाक्टरले कुरुवा कुटेपछि जनकपुर अस्पतालमा तनाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - डाक्टरले मृतकका कुरुवा छोरालाई कुटपिट गरेपछि जनकपुर अञ्चल अस्पतालमा तनाव बढेको छ। उपचारका क्रममा मृत्यु भएका धनुषा मिथिला नगरपालिका–६ का ५० वर्षीय रामनारायण मण्डलका छोराहरु रमेश मण्डल र राजा मण्डललाई चिकित्सकले आकस्मिक कक्षमा थुनेर कुटपिट गरेका छन्।

चिकित्सकसहित त्यहाँ उपस्थित अन्य स्वास्थ्यकर्मीहरुले कुटपिट गरेपछि रमेश र राजाको शरीरका विभित्र भागमा नीलडाम छ भने दुवैको सर्ट पनि च्यातचुत पारिएको छ। चिकित्सक लापरबाहीले बुबाको मृत्यु भएको भनेपछि आकस्मिक कक्षमा उपस्थित डाक्टरका साथै स्वास्थ्यकर्मीहरुले कोठा थुनेर आफूहरुलाई कुटपिट गरेको रमेश र राजाको आरोप छ। घटना हुँदा अस्पतालको आकस्मिक कक्षमा डा.सावन यादवको ड्युटी रहेको बताइएको छ।

रामनारायणलाई अचानक हृदयघात भएपछि परिवाजनले एम्बुलेन्सबाट तत्काल जनकपुर अञ्चल अस्पताल पुर्‍याएका थिए। तर, आकस्मिककक्षका डाक्टरले टिकट काटेर ल्याएपछि मात्र उपचार सुरु गर्ने बतायो। मण्डलका छोरा टिकट काट्न जाँदा लाममा बस्नु परेपछि केहि समय लागेको थियो। रामनारायणको स्वास्थ्य अवस्था बिग्रेको देखेपछि छोरा तथा अन्य आफन्तहरुले उपचारको लागि बाहिर लानुपर्छ कि भनेर सल्लाह माग्दासमेत चिकित्सकहरुले कुनै जबाफ नदिएको पीडितहरुको आरोप छ।

टिकट काट्न ढिलो हुँदा समयमा उपचर नभएपछि आफ्नो बाबुको ज्यान गएको मृतक रामनारायणका आफन्तहरुले बताएका छन्। बाबुको मृत्यु भइसकेपछि छोराहरुले उपचारमा संलग्न डाक्टरको नाम सोधेका थिए। तर त्यहाँ उपस्थित कसैले नाम नबताएपछि मोबाइलमा डाक्टरको भिडियो लिन खोजेपछि आफूहरु माथि कुटपिट भएको रमेशले बताए।

चिकित्सकको लापरवाहीले बाबुको मृत्यु भएको भन्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्न माग राखेपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको छ। अस्पताल परिसरभित्र ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

अस्पताल प्रमुख डा.नागेन्द्र यादवले पीडितहरुले राखेको मागसम्बन्धमा छलफल चलिरहेको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।