बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आफ्नै नेताहरुको विवादले रोकियो प्रधानमन्त्रीको सुदूरपश्चिम भ्रमण

आफ्नै नेताहरुको विवादले रोकियो प्रधानमन्त्रीको सुदूरपश्चिम भ्रमण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- कैलालीमा आयोजना हुन लागेका दुई वटा महत्वपुर्ण कार्यक्रम उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने निश्चित भएकोमा आफ्नै पार्टीका नेताहरुको आन्तरिक विवादले प्रधानमन्त्रीको भ्रमण स्थगित भएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको प्रथम मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता र कैलाली जिल्ला समन्वय समितिले कर्णाली नदीमा आयोजना गरेको र्याफ्टिङ ज्याम्बोरी तथा पर्यटन महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली कैलाली आउने कार्यक्रम तय भएको थियो । चैत्र १ गते धनगढीमा मुख्यमन्त्री कप र २ गते कर्णालीमा र्याप्टिङको गद्घाटन गर्ने कार्यक्रम तय गरिए पनि दुबै कार्यक्रममा प्रधानमन्त्री नआउने आयोजकले जानकारी दिएका छन् । 

यहि २९ गतेबाट सुरु हुने मुख्यमन्त्री कपको उद्घाटन प्रधानमन्त्रीले १ गते गर्ने कार्यक्रम तय गरिएकोमा अब भने सभामुख कृष्ण बहादुर महराले गर्ने मुख्यमन्त्रीका स्वकिय सचिव शिवसिंह ओलीले जानाकरी दिए । कर्णालीमा आयोजना गर्ने र्याफ्टिङ ज्याम्बोरीलाई गिनिज बुक अफ वर्डमा नाम लेखाउने तयारी आयोजकले गरेको थियो । 

एकसय एघार वटा डुङ्गामा करीब एक हजार दुई सय मानिसहरुले एकैपटक र्ययाफ्टिङ गर्ने उक्त कार्यक्रमले नेपाल सगरमाथाको देश मात्र नभएर र्याप्टिङको पनि देश भएको विश्वसामु चिनाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको जिसस कैलालीका संयोजक सुर्यबहादुर थापाले बताए । 

२ गतेको कार्यक्रम पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधनले गर्दा स्थगित गरिएकोमा केही दिन पछि संचालन हुने कार्यक्रममा पनि प्रधानमन्त्री आउने संभावना निकै कम रहेको थापाले सुनाए । (यति महत्वपुर्ण कार्यक्रममा प्रधानमन्त्रीले जसरी पनि आउँछु भनेर खुसि ब्यक्त गर्नु भएको थियो) थापाले भने नेताहरुबीचकै बिबादले हो कि किन हो नआउने खवर भयो । 

र्याप्टिङको मिति संभवत चैत्र १५ गतेलाई तोकिने संभावना रहेको भन्दै थापाले केही दिनमा जिससको बैठकले निर्णय गर्ने जानकारी दिए । उनका अनुसार कैलाली भ्रमण बर्षको उद्घाटनमा पनि प्रमले आउने प्रतिबद्धता जनाएका थिए । तर नेताहरु बीचको यस्तै बिबादले त्यो बेला पनि आएनन् ।  

नेकपाका सुदूरपश्चिम ईञ्चार्ज भीमबहादुर रावल र नेकपा केन्द्रीय सदस्य  झपटबहादुर रावलले कार्यक्रम बहिष्कार गर्ने भनेपछि र्याप्टिङ कार्यक्रम अनिश्चित बनेको स्रोतले बतायो । आयोजकले पर्यटन मन्त्रीको निधनले २०७५ चैत २ गतेको कार्यक्रम स्थगित गरेको बताए पनि नेता रावलद्वयको असन्तुष्टि पछि नै स्थगित भएको जिसस स्रोतले जनायो । 

पार्टी एकीकरण पछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता कर्णबहादुर थापा सुदूरपश्चिम नेकपाको अध्यक्ष बनाइएपछि रावलद्वयले असन्टुष्टि जनाउदै आएका छन् । यस अघि २०७५ माघ २० गते नेकपाका दुबै अध्यक्ष र महासचिवले सम्बोधन गर्ने प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई समेत रावल र उनका समर्थकले विथोलेका थिए । पछि  लामो वहस र छलफलपछि उक्त कार्यक्रम २०७५ फागुन ८ गते आयोजना गरिएको थियो ।

नेकपाको बिधानमा प्रदेश अध्यक्ष कार्यकारी अधिकारप्राप्त हुने प्रावधान छ । प्रदेश कमिटिले निर्णय गर्दा आफ्नो सल्लाह नलिए पछि प्रदेश ईन्चार्ज रावल निर्णय बिथोल्न अग्रसर हुने गरेको एक प्रदेश कमिटि सदस्यले सुनाए । निर्वाचनताका सुदूरपश्चिम एमालेका एक्ला कमाण्डर भएकाले रावलले आफू निकटलाई टिकट बाँडेकाले प्रदेशका सांसद, मन्त्री र स्थानीय निकायका प्रमुखमा रावल निकट जनप्रतिनिधिहरुको संख्या बढी छ । 

आफु निकटका कैलालीका स्थानीय तहका जनप्रतिनिधिलाई रावलले र्याफ्टिङ कार्यक्रममा सहयोग नगर्न उर्दि दिएको जिसस स्रोतले जनाएको छ । माधवकुमार नेपाल निकट मानिने रावल पाटीको दुई तिहाईको सरकार बन्दा पनि मन्त्री बन्ने अवसर नपाउनु र पाटीको उच्चस्तरिय समितिमा पनि नपरेपछि सरकारको खुलेरै बिरोध गर्दै आएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।