बिहीबार, वैशाख १३, २०८१

आजका अखबार : एकजना डाक्टरको भरमा ६७५० जनता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

कसैले जनस्वास्थ्यमा राज्यको लगानी अत्यन्त कमजोर रहेको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले प्रदेश ५ को सुरक्षा बैठकको निष्कर्षलाई प्राथमिकतामा पारेका छन् । केहिले नेकपालाई गुटले नछाडेको र केहि पत्रपत्रिकाले प्रदेश लोकसेवा विधेयकमा जुनसुकै प्रदेशमा जागिर खान पाइने ब्यवस्था गरेको विषयलाई मुख्य समाचार बनाएका छन् । 

आजको नयाँ पत्रिकाले जनस्वास्थ्यमा राज्यको लगानीः तीन करोड जनता, १४ सय डाक्टर शीर्षकमा मुख्य समाचार छापेको छ। विश्व स्वास्थ्य संगठनले एकहजार जनसंख्या बराबर कम्तीमा एक डाक्टर हुनुपर्ने बताएको छ । तर नेपालमा सरकारी डाक्टर जम्मा १४ सय छन् र  ६ हजार ७ सय ५० नागरिकको भागमा एक जना डाक्टर पर्ने समाचारमा उल्लेख छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार एकजना डाक्टरले एक विरामीलाई २० मिनेट दिनुपर्छ तर नेपालमा विारमीले मुस्किलले ५ मिनेट पाउँछन् । 

यस्तै नयाँ पत्रिकाले ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–४ को कुण्डली माविका शिक्षक सुजन सुनुवारले प्रारम्भिक बाल विकास (इसिडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लगाएको घटना सार्वजनिक गरेको  छ।

अर्को बालकले खाइरहेको बिस्कुट दिलाउने नाममा शिक्षक सुनुवारले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएका हुन् । तर, शिक्षकले भने जुत्ता चाट्न नलगाएको बरु खुट्टा ढोगाएको दाबी गरेका छन् । हेडमास्टर नारायण दाहालले उल्टै आफूहरुलाई गाली गरेर तिमिहरुको बच्चा स्कूलमा नल्याउ भनेको अभिभावकले गुनासो गरेका छन् । 

आजको नागरिक दैनिकले भने प्रदेश ५ सुरक्षा बैठकः  विप्लव, खुला सीमा र साना हतियार चुनौती शीर्षकमा मुख्य समाचार छापेको छ ।

सिके राउतलाई सहमतिमा ल्याएर सरकारले सम्भावित विखण्डनको खतराबाट मुलुकलाई जोगाउन सफल भएको गृहमन्त्री रामबहादुर थापाले दाबी गरेका छन् । उनले विखण्डनकारी शक्तिलाई राजनीतिको मूल प्रवाहमा ल्याएर सरकारले ठूलो उपलब्धी हात पारेको उनको भनाइ छ । बैठकले विप्लव भने चुनौतीका रुपमा देखापरेको बारे छलफल भएको समाचारमा उल्लेख छ ।
 
यस्तै नागरिकले प्रधानमन्त्री केपीशर्मा ओलीले जनमतसंग्रह लोकतन्त्रको उच्चतम रुप भएको भन्दै यसलाई उच्चारण गर्नु नै पाप जसरी व्याख्या नगर्न गरेको अपिललाई पनि प्राथमिकताका साथ छापेको छ । तर, प्रधानमन्त्री ओलीले सिके राउतले भने जस्तो जनमतसंग्रह भने हुन नसक्ने स्पष्ट पारेका छन्। 

आजको अन्नपूर्ण पोस्ट्ले भने गुटले छाडेन नेकपालाईः तानतानमा गृहमन्त्री शीर्षकमा मुख्य समाचार छापेको छ ।

पार्टीमा रहेका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल गृहमन्त्री रामबहादुर थापा सरकारमा मात्र होइन, पार्टी राजनीतिमा पनि निर्णायक देखिएको समाचारमा उल्लेख छ ।

पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा उनी कतै खुलेका थिएनन् । तर सचिवालय बैठकमा थापा एक्लै भए पनि ‘निर्णायक’ पोजिसनमा छन् । त्यसैले थापा तानातानमा परेको अन्नपूर्णले लेखेको छ ।

आजको कान्तिपुर दैनिकले भने संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको विषयलाई मुख्य समाचार बनाएको छ ।

प्रतिष्ठानको सेवा प्रवाह बन्द हुने अवस्थामा पुर्याएको भन्दै  समितिले स्वास्थ्य मन्त्रालय र कूलपतिसमेत रहेका प्रधानमन्त्री केपीशर्मा ओलीलाई कारबाहीसहित समस्या समाधान गर्न निर्देशन दिएको समाचारमा उल्लेख छ। 

त्यस्तै आजको कान्तिपुरले जुनसुकै प्रदेशमा जागिर खान पाइने शीर्षककको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।