शुक्रबार, वैशाख ७, २०८१

नेपाल भारतसँग सधैं किन पराजित : यसपालि रच्ला इतिहास ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- बंगलादेशबाट सुरु भएको महिला साफ च्याम्पियनसिप हाल पाँचौं संस्करणमा पुगेको छ। सन् २०१० मा बंगलादेशले सुरु गरेको महिला साफको पाँचौं संस्करण यसपालि नेपालले आयोजना गर्दैछ।
 
पाँचौं साफ विराटनगरस्थित सहिद रंगशालामा यही फागुन २८ गते सुरु हुनेछ। नेपालले अहिलेसम्म महिला साफ च्याम्पियनसिपका चार संस्करण खेलेको छ। चारै संस्करणमा नेपालका लागि भारत तगारो बन्दै आएको छ। सन् २०१० मा बंगलादेशमा आयोजना भएको पहिलो संस्करणमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।

समूह 'बी' मा रहेको नेपालले समूहका तीन खेल खेल्दै तीनबाटै जित हात पारेको थियो। सेमिफाइनलमा पाकिस्तानलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको नेपालका लागि भारत तगारो बन्यो। फाइनल खेलमा नेपाल भारतसँग १-० को झिनो अन्तरले पराजित भयो। नेपालले उपविजेतामा चित्त बुझाउनुपर्‍यो। 

यस्तै श्रीलंकामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल भारतसँग पराजित भएको थियो। दोस्रोपटक पनि नेपालले भारतसँग पराजित हुँदै उपविजेतामा सीमित हुनुपरेको थियो। समूह 'बी' मा शतप्रतिशत जितसहित विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपाल भारतसँग फाइनलमा पारजित हुन पुगेको थियो।

उक्त प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई ८-० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेका थियो। जहाँ जमुना गुरुङले ४ गोल गर्दै ह्याट्रिक गरेकी थिइन्। सेमिफाइनलमा आयोजक श्रीलंकालाई ३-० ले पराजित गर्दै फाइनल पुग्यो। तर फाइनलमा पुनः भारत तगारो बन्यो। भारतले नेपाललाई ३-१ ले पराजित गर्दै जित हात पार्‍यो। 

तेस्रो संस्करण सन् २०१४ मा पाकिस्तानमा सम्पन्न भयो। उक्त संस्करणमा पनि नेपालले सनसनी मच्चाउँदै समूहको विजेता बन्दै सेमिफाइनलमा बंगलादेशसँगको भेट पक्का गर्‍यो। बंगलादेशलाई १-० ले पराजित गर्दै फाइनल पुगेको नेपाल, फाइनलमा भारतसँग ६-० ले पराजित भयो। 

भारतमा सम्पन्न भएको चौथो संस्करणमा पुनः सनसनी मच्चाउँदै नेपाल सेमिफाइनलमा प्रवेश गर्‍यो। सेमिफाइनलमा समूह 'बी' को विजेता बनेको भारतसँग नेपालले भेट गर्‍यो। भरातसँगको उक्त भेटमा पनि नेपाल ३-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। चौंथो संस्करणको प्रतियोगितामा नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले सर्वाधिक १२ गोल गरेकी थिइन्। 

यसपटक महिला साफमा भारतको लगातारको एकाधिकार तोड्दै नेपाल पहिलोपटक उक्त प्रतियोगिताको उपाधि उचाल्न चाहन्छ। किनकि यसपटक नेपाली टोलीले भारतलाई उसैको घरमा परााजित गर्दै इतिहास रचेको उच्च मनोबल छ। नेपालले भारतको भुवनेश्वरमा आयोजना भएको हिरो गोल्ड कपमा २-१ ले पराजित गर्दै इतिहास रचेको थियो। नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलोपटक हो। 

नेपालले अन्य देशसँग उत्कृष्ट प्रदर्शन गर्दै आएपनि भारतसँग भने पटकपटक हार व्यहोर्दै आएको छ। केही खेलमा नेपालले भारतबाहेकका देशलाई ठूलो गोल अन्तरले पराजित गरे पनि भारतसँग भने स्वयम् ठूलो गोल अन्तरले पराजित हुने गरेको छ। 

यसरी भारतसँगको खेलमा पटकपटक पराजित हुनुलाई नेपालको कमजोर मानसिकताका रूपमा पनि लिन थालिएको छ। खेल विश्लेषकहरुले भारतसँग कतै पराजित पो भइन्छ कि भन्ने कमजोर मानसिकताका साथ खेलाडीहरु मैदानमा उत्रिनु पराजित हुनुको प्रमुख कारण भएको बताउने गरेका छन्। नेपालले यसअघि फिफा वरीयतामा आफूभन्दा माथिल्लो र्‍याङकिङमा रहेका देशसमेत पराजित गरेको छ।  

त्यसैले पनि नेपाली खेलाडी उच्च मनोबलका साथ मैदानमा उत्रिने हो भने भारतलाई पराजित गर्न कुनै गाह्रो नहुने अन्य देशसँगको खेल हेर्दा प्रस्ट हुन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।