एजेन्सी- रहिम स्ट्रलिङको ह्याट्रिकको मद्दतले इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ३-१ ले पराजित गर्दा ह्याट्रिक पुरा गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै उनले स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
खेलको ५९ औं मिनेटमा स्ट्रलिङले ह्याट्रिक पुरा गर्दा सिटी ३-० ले अघि रह्यो । खेलको ६६ औं मिनेटमा वाट्फोर्डका जेर्राड डेउलोफेउले एक गोल फर्काएपनि थप गोल गर्न नसक्दा सिटीले ३-१ ले आफ्नो बनायो ।
जितसँगै सिटीले लिगमा दोस्रो स्थानको लिभरपुलमाथि ४ अंकको अग्रता बनाएको छ । सिटीले ३० खेलबाट ७४ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको ७० अंक छ । पराजित वाट्फोर्ड ४३ अंकसहित आठौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४