बिहीबार, वैशाख ६, २०८१

किन जनकपुर आउँदै छन् सिके राउत ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- सिके राउत आज जनकपुर आउने भएका छन् । शुक्रबार सरकारसँग ११ बुँदे सहमति गरेका राउत सहमतिपछि पहिलो पटक जनकपुर आउन लागेका हुन् ।

राउतको आज अपरान्ह १२ बजे जहाजबाट जनकपुर आउने कार्यक्रम रहेका उनका सहयोगी रामशंकर महासेठले जानकारी दिएका छन् । यसअघि स्वतन्त्र मधेशको अभियान चलाएका राउत सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा अवतरण गरेका छन् ।

जनकपुर पुगेपछि राउत समर्थकहरुले विमानस्थलबाट र्‍याली निकाल्ने तयारी गरेको बताइएको छ । राउतको रिहाइ र सरकार सम्झौता गर्न बाध्य भएको भन्दै ¥याली निकाल्ने तयारी गरिएको उनी निकट कार्यकर्ताहरुले बताएका छन् ।

११ बुँदे सहमति गर्दै सरकारले जनमतसंग्रह गर्ने प्रतिवद्धता जनाएको राउतलगायत उनका समर्थकहरुको दाबी छ । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनको अध्याय समाप्त भइसकेको राउतसँग सहमति गर्न आयोजना गरिएको घोषणा सभामा समेत स्पष्ट पारिसकेका छन् ।

पछिल्लो पाँच वर्षदेखि अलग मधेश राज्यको अभियानमा लागेका राउत पाँच महिनाको कारवासपछि अचानक प्रधानमन्त्री ओलीसँग राष्ट्रिय सभागृहमा उदाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।